कुखुरा फर्म सञ्चालकको हत्यामा संलग्न भनिएका दुईजना पक्राउ

बेलवारी,२८ असार । मोरङ सुन्दरहरैंचा -९ का ४९ वर्षीय सहदेव बजगाईँको हत्यामा संलग्न रहेको आशङ्कामा दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोरङ उर्लाबारी -४ हाटखोला घर भई बजगाईँकै कुखुरा फर्ममा काम गर्ने ३६ वर्षीय छिरिङ भन्ने सुनिल तामाङ र उनकी श्रीमती ३३ वर्षकी प्रनिसा पाँचकोटी रहेका छन् ।
सुन्दरहरैचा– १ कुमार गाउँ स्थित एक तल्ले टिनको छानो बासको टाटिबेरा भएको कुखुरा फर्म भित्रै फर्मका सञ्चालक बजगाईँको बिहीबार बिहान शव फेला परेको थियो ।कुखुरा फर्ममा काम गर्ने दम्पतीले नै उनको हत्या गरेको हुनसक्ने भन्दै प्रहरीले अनुसन्धान सुरु गरेको थियो । यद्यपि दुवैजना फरार थिए ।
इलाका प्रहरी कार्यालय बेलबारीबाट प्रहरी निरीक्षक तेज बहादुर दाहालको कमान्डमा खटिएको प्रहरी टोलीले दुवै जनालाई सुनसरी धरान १२ मा रहेको बलभद्रेश्वर मन्दिर अरुणादय धर्मशालाको गेस्टहाउसबाट बिहीबार साढे ७ बजेतिर पक्राउ गरेको हो । प्रारम्भिक अनुसन्धानबाट उनीहरूले नै सो घटना गराएको प्रहरीको दाबी छ । बजगाईँको टाउकोमा दाउ र बन्चरो प्रहार गरेर हत्या गरेको प्रहरीले जनाएको छ ।
होटलमा व्यापारीको शव भेटियो
विराटनगर -९ स्थित फ्रेन्स कर्नर रेस्टुरेन्ट एण्ड लजमा मोरङ रतुवामाइ नगरपालिकाका एक जना व्यापारी मृत भेटिएका छन् । रतुवामाइ नपा ५ लारिकट्टा घर भई रंगेली -२ बेतौनामा होलसेलको किराना पसल गर्दै आएका वर्ष ३३ गजेन्द्र साहको आज बिहान झुन्डिएको अवस्थामा शव भेटिएको हो । परिवारका आफन्तहरूले घटना रहस्यमय रहेको भन्दै घटनाको अनुसन्धान गर्न माग राखेका छन् ।
व्यापारी साह सो होटलमा बिहीबार दिउँसो २ बजे आएका थिए । उनी २०४ नम्बरको कोठामा बसेका थिए ।

Leave a Reply

Your email address will not be published.