वजेट कार्यान्वयन गरिदिन यौनिक तथा लैङिगक अल्पसंख्यक समुदायहरुको आग्रह

दमक,११ असार । झापाको दमकमा कार्यालय स्थापना गरि यौनिक तथा लैङिगक अल्पसंख्यक समुदायहरुको अधिकारका क्षेत्रमा कार्यरत संस्था लिड नेपालको भवन निर्माणका लागि बिनीयोजित बजेट फ्रिज हुने अवस्थामा पुगेको छ ।
लिड नेपालको कार्यालय भवन निर्माणका लागि कोशी प्रदेश सरकारले चालु आर्थिक बर्षमा २५ लाख रुपैया वजेट बिनीयोजन गरेको थियो । वजेटको व्यवस्था जोहो गरेपनि कार्यालयका लागि नगरपालिकाले जग्गा उपलव्ध नगराएपछि बिनीयोजित वजेट लगभग अव भने फ्रिज हुने अवस्थामा पुगेको लिड नेपालकी कार्यक्रम संयोजक नुमा साउदेन (चन्चला) ले बताईन ।
उनका अनुसार लिड नेपाल दमक ५ स्थित बेलडाँगी रोडको एक भाडाको घरमा सञ्चालन हुदैआएको छ । विगत छ ,सात वर्षदेखि लिड नेपालले सोहि भाडाको घरमा असुविधाका बीच दैनिक कार्यसम्पादन गरिआएको छ । उनले पटक पटक स्थानीय सरकारले यस संस्थालाई जग्गा उपलव्ध गराउने भनिए पनि अहिलेसम्म जग्गा दिने विषयमा सम्बन्धित पक्षले चासो नदिदाँ वजेट त्यतिकै खेर जाने अवस्थामा पुगेको उनले गुनासो गरिन् ।
सार्वजनिक कार्यक्रम तथा कतिपय भेटघाटका क्रममा स्थानीय सरकारका प्रतिनिधिहरुले हामीलाई कार्यालयका लागि जग्गा उपलव्ध गराउने भनिए पनि त्यस अनुसार काम नहुदाँ विभेदमा परेको उनको बुझाई छ । उनले भनिन्, –‘भवन बनाउन पैसा खोज्नुस ,जग्गा हामी उपलव्ध गराउछौं भन्नुभएको थियो, तर काम भएन ।’
चालु वर्षको वजेट यो असार महिना भित्रमा शुरु नभए लक्षित वजेट प्रभावहिन हुने हुदाँ वजेट कार्यान्वयनका लागि पहल गरिदिन उनले आग्रह गरिन् ।
लिड नेपालले दमक नगरपालिकासहित प्रदेश सरकारको सहयोगबाट यौनिक तथा लैङिगक अल्पसंख्यक समुदायहरुको अधिकारसंगै सीप,स्वरोजगार तथा सुरक्षाका विषयमा विभिन्न कामहरु गरिआएको छ ।

 

Leave a Reply

Your email address will not be published.