कांग्रेसले बुझायो कनकाई नगरपालिकालाई ध्यानाकर्षण पत्र

कन्काई,१० असार । नेपाली कांग्रेस कनकाई नगर समितिको समन्वय एवम् सहजीकरण समितिले विभिन्न मागहरु समेटेर कनकाई नगरपालिकालाई ध्यानाकर्षण पत्र बुझाएको छ ।नगर प्रमुख राजेन्द्रकुमार पोखरेल र उपप्रमुख आशाशर्मा शिवाकोटीलाई कांग्रेसका सहजीकरण एवम् सहजीकरणका संयोजक रुद्रप्रसाद चिमरिया, नेपाली कांग्रेस कनकाई नगर अध्यक्ष दुर्गा प्रसाई लगायतको टोलीले भेटेर उक्त ध्यानाकर्षण पत्र बुझाएको हो ।
ध्यानाकर्षण पत्रमा कनकाई नगरपालिकामा विद्यालयमा आवश्यक दरबन्दीको व्यवस्था गरी निःशुल्क शिक्षाको प्रबन्ध गर्नेदेखि लिएर सार्वजनिक शिक्षाका लागि स्थानीय पाठ्यक्रमनै निर्माण गरी आवश्यक दरबन्दीको व्यवस्था गरी गुणस्तरीय शिक्षा विद्यार्थीलाई उपलब्ध गराउनुपर्ने, कृषकलाई सिँचाइका लागि आवश्यक मोटर वितरण र सिँचाइका लागि बिजुलीको बिल तिरिदिने प्रबन्ध नगरपालिकाले गरिदिने, उन्नत जातका बिउ बिजन र मलखाद, मेशिनरी औजार नगरपालिकाबाट समयमै वितरण गरिनुपर्ने उल्लेख छ ।
त्यस्तै, उत्पादनमा अनुदान र कृषि बिमालाई प्रभावकारी रुपमा कार्यान्यन गरिनुपर्ने, कृषकलाई लक्षित गरी चिस्यान केन्द्र ड्रायर सेन्टर र बिउ बिजन उत्पादज केन्द्रको स्थापना गरिनुपर्ने, नदि नियन्त्रण र ग्रीन पार्क निर्माण गरिनुपर्ने, वडाबाट सिफारिस भइ आएका योजनाहरु आवश्यकताका आधारमा छनोट गरिनुपर्ने, सम्पूर्ण नगरवासीलाई स्वास्थ्य सेवामा पहुँच पुर्याउनुपर्ने, नगर अस्पतालको क्षमता अभिवृद्धि गरिनुपर्ने, असक्त र दीर्घरोगीहरुलाई घरमै औषधीको प्रबन्ध गरिनुपर्ने ध्यानाकर्षण पत्रमा भनिएको छ ।
कनकाई नगर अस्पतालमा डाइलोसिस र ब्लड बैंकको प्रबन्ध गरिनुपर्ने, कनकाई नगरलाई खेलकुदको हर्व बनाइन आवश्यक कार्यक्रम र बजेटको प्रबन्ध गरिनुपर्ने व्यावसायिक खेलाडी उत्पादनमा ध्यान दिनुपर्ने, भूमिहिन र अव्यस्थित बसोबासीका लागि धनीपुर्जाको प्रबन्ध गरिनुपर्ने, सडक बत्तीको उचित व्यावस्था, कर्मचारीको नियुक्ति प्रक्रियागत रुपमा गरिनुपर्ने र नगरपालिकाको बेरुजुको दर बढेर गएकाले यसको नियन्त्रण गरिनुपर्ने लगायतका माग रहेका छन् ।
ज्ञापन पत्र बुझ्mदै कनकाई नगरप्रमुख पोखरेलले कांग्रेसले राखेका कतिपय मागहरु यस आर्थिक वर्षमा आउन लागेको बजेट र निति कार्यक्रममा राखिसकिएको र केहीलाई समावेश गरिँदै जाने बताए । साथै नगरप्रमुख पोखरेलले रचनात्मक सुझावलाई नगरले ग्रहण गर्ने समेत उल्लेख गरे ।

Leave a Reply

Your email address will not be published.