दमक ,३ जेठ । झापाको कमल गाउँपालिका -५ पाडाजुंगीस्थित चन्द्रदर्शन बचत तथा ऋण सहकारी संस्थाले स्थानीय श्री पाऊँ पाथिभरा माता धाममा वृक्षरोपण गरेको छ । संस्थाको १४ औ वार्षिकोत्सवको अवसर पारेर सहकारीले धाम परिषरमा आँप,लिची,सुपारी लगायत उन्नत जातका १५० विरुवाहरु रोपेका हुन् ।
वृक्षरोपण कार्यक्रममा संस्थाका सञ्चालक समितिका अध्यक्ष शेरवहादुर श्रेष्ठ,सचिव सन्जय कुमाल, लेखा समिति, बिभिन्न उप–समितिका पदाधिकारी ,सदस्यहरु,शेयर सदस्य,कर्मचारीहरु लगायतको उपस्थिति रहेको थियो ।
संस्थाका व्यवस्थापक भुपाल बस्नेतका अनुसार वृक्षरोपणमा वडाको सहकारी समन्वय समिति, गुहेश्वरी सामाजिक संस्था, बिभिन्न किर्तन मण्डलीहरु र धाम सञ्चालक समितिको उत्साहपूर्ण उपस्थिति रहेको थियो।
यसैगरि,बार्षिकोत्सवका अवसरमा यहि असार ६ गते वृहत रक्तदान,स्वास्थ्य शिविर सञ्चालनको तयारी गरिएको कर्मचारी प्रदिप बस्नेतले बताए ।