दमक नगर खेलकुद विकास समितिले पूर्णता पायो

दमक,३२ जेठ । दमक नगरपालिकाको मातहतमा रहेको दमक नगर खेलकुद विकास समितिले पूर्णता पाएको छ । खेलकुद विकास समितिका अध्यक्ष भीमराज केसीले विधान अनुसार कार्यसमितिलाई पूर्णता दिएका हुन् ।
विस्तारित समितिको उपाध्यक्षमा ताराप्रसाद अधिकारी ,सदस्य सचिवमा युवा तथा खेलकुद शाखाका प्रमुख प्रवीण खड्का र सदस्यहरुमा मोहन मगर ,भिष्म उप्रेती, पूर्णध्वज आङदेम्बे, रेशा लिम्बू,केशर मगर,अनिश खनाल,जितु धिमाल र निरज निरौला रहेका छन् । विस्तारित समितिमा विभिन्न खेलकुद अग्रज खेलाडीहरुलाई मनोनित गरिएको छ । नगरपालिकाले केसीलाई नगरस्तरिय खेलकुद समितिको जिम्मेवारी दिएपनि समितिले पूर्णता पाउन सकेको थिएन् ।
यसैवीच , कार्यसमिति विस्तार गरिए लगत्तै शुक्रवार नगर प्रमुख रामकुमार थापाको उपस्थितिमा समितिको पहिलो बैठक बसेको अध्यक्ष केसीले बताए । समितिलाई अव भने गतिविधिमूलक ढंगले थप क्रियाशील गरिने योजना रहेको अध्यक्ष केसी बताउँछन् । दमकमा केहिबर्ष यता खेलकुदका गतिविधि सुस्त भएपछि स्थानीय खेलाडीहरुले खेलकुद समितिसंग चर्को असन्तुष्टि व्यक्त गर्देआएका छन् ।

 

Leave a Reply

Your email address will not be published.