लगनशील सहकारीले आइतवारेमा ल्यायो सेवा केन्द्र

दमक ,७ माघ । झापाको कमल गाउँपालिका -५ पाडाजुंगीस्थित लगनशील कृषि सहकारी संस्थाले इलामको चुलाचुली गाउँपालिका ४ स्थित आइतबारेमा सेवा केन्द्र सञ्चालनमा ल्याएको छ ।आफनो १७ औ बार्षिक स्थापना दिवसका अवसर पारेर आज संस्थाले सेवा केन्द्र उद्घाटनसहित निशुल्क आखाँ तथा दन्त परीक्षण सञ्चालन गरेको छ । सेवा केन्द्रको गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङ्गले उद्घाटन गरे ।
संस्थाका अध्यक्ष गोबिन्द खनालको अध्यक्षतामा भएको सो कार्यक्रममा ११० जनाको आँखा जाच र ७० जनाको दन्त परीक्षण र ७६ जनाको सुगर,प्रेसरको परीक्षण गरिएको थियो । आँखा जाच मेची नेत्रालय र दन्त परीक्षणमा दमकको आमा डेन्टलको प्राविधिक सहयोगमा भएको थियो ।
कार्यक्रममा चुलाचुली ४ का वडाअध्यक्ष सागर जवेगु, ५ का वडाअध्यक्ष बबिन राई रहेको थियो ।

Leave a Reply

Your email address will not be published.