सुबासचन्द्रले धर्मगुरुलाई कहिल्यै चिनेनन्

-डकेन्द्रसिंह थेगिम
संविधानसभाका अध्यक्ष तथा पुर्ब सभामुख सुबासचन्द्र नेम्बाङ ब्यक्तिगत मात्र होइन राष्ट्रकै लागि एक आदरणीय र उनी सदा स्मरणीय ब्यक्तित्व हुन् । बास्तबमा भन्ने हो भने पार्टीको सन्दर्भमा एमाले भएपनि पार्टीभन्दा सधैं माथि उठेर काम गर्ने सबै राजनीतिक दल र दलका नेताहरुको अभिभावकत्वको भुमिका निर्बाह गर्ने सक्षम ब्यक्ति मुलुकमा सुबासचन्द्र भन्दा अरु कोही छैनन् । अब हुनेवाला पनि देखिदैनन् । ब्यक्तिगत रूपमा म भुइँमान्छे भएपनि उनी र मेरो गहिरो आत्मीयता थियो। उनीले मलाई धेरै माया गर्थे तर किन हो कुन्नि मलाई थाहा छैन। तर कुनै बेला मबाट राम्रै सहयोग थियो होला । उनीबाट मैले धेरै कुरामा सहयोग लिएँ केवल संस्थागत ।मैले उनीबाट सहयोग लिदा ब्यक्तिगत स्वार्थ , आफ्नो परिवारका कोही सदस्यको लागि जागीर , कुनै आर्थिक फाइदा लिन सकिने किसिमका थिएनन् । मैले आफ्नो त्यो नैतिकता पनि ठानिन । मुलुकका राष्ट्रिय राजनीतिका सवालहरुको बिषयमा धेरै कुराहरु म उनीबाट जानकारी लिन्थें। पछिल्लो समयमा राजनीतिक मुद्धाका कतिपय सवालमा उनीसँग केही बिमति हुँदाहुँदै पनि उनीप्रति गहिरो सद्भाव राख्ने शुभेच्छुक हुँ। उनीप्रतिको यो सम्मान अरु केही होइन उनीमा भएको उदारता , फराकिलो बिचार , सहयोगी मन, शालीनता , भद्रपन नै होला जुन कुरा सबै नेतामा हुँदैन।
हरेक समय किरात धर्मगुरु आत्मानन्द लिङ्देन र सुबास नेम्बाङ बीचको पुलको काम गर्थें । आबश्यकता अनुसार गुरुज्यूको सन्देश उनीसम्म पुर्‍याउने र उनको सन्देश गुरुज्यूसम्म पुर्‍याउने काम हुन्थ्यो। गुरुज्यूले माया गर्नुहुने नेताहरुमध्ये सुबासचन्द्र एक हुन् । एकपटक गुरुज्यूले मञ्चमै म माङसेबुङमा बसुञ्जेल सुबासले यो क्षेत्रबाट भोट कहिल्यै हार्दैनन् भनेर उद्घोष गर्नुभएको थियो र बास्तबमा नेम्बाङले इलाम क्षेत्र नं २ बाट ४,४ पटक प्रतिनिधिसभाको चुनाबमा जितेर गए । चुनावमा हार कस्तो हुन्छ अनुभव गरेनन् । तर एकाएक राष्ट्रपति चुनावमा केपी ओलीको नश्लीय चिन्तनको अभिष्टताले हार्नुपर्‍यो । प्रधानमन्त्री प्रचण्डले जतिखेर राष्ट्रपतिको उम्मेदवारमा सुबास नेम्बाङको नाम अघि सारे त्यतिखेर केपी ओलीले स्वीकार गरेनन् र उनको आफ्नो आसेपेपासे ईश्वर पोखरेल , गुरु बराल बिष्णु रिमाल आदिलाई सुबास नेम्बाङको योगदानको अवमूल्यन गर्दै आफ्नै नश्लहरुलाई अघि सारे । प्रचण्डको चित्त बुझेन। बिबाद बढ्यो। अन्ततोगत्वा नेकपा एकीकृत पार्टी फुट्नु र दुई तिहाईको सरकार ढल्नु पनि केही कारणहरुमध्ये एउटा यहि थियो र अर्को केपी ओलीको दम्भ। जब पार्टी फुट्यो एमाले एक्लियो , माओबादी पार्टी र नेपाली काँग्रेसको गठबन्धनको सरकार बन्यो । राष्ट्रपति चुनावमा एमाले हार्ने निश्चित भएपछि सुबासलाई अगाडि सारियो। सुबासलाई राष्ट्रपतिको चुनावमा जानीजानी बलिको बोको बनाइयो । बास्तबमा उनी कहिल्यै चुनावमा नहारेको ब्यक्ति राष्ट्रपति चुनावमा हारेपछि उनको माङ्गेन्ना( शीर ) ढल्यो। त्यो ढलेको शीर २०८० साउन २३ गतेका दिन कहिल्यै नउठ्ने गरी शरीर नै ढल्यो। किरात संस्कार अनुसार माङ्गेन्ना शीर ढल्नु राम्रो होइन। यस अघि पनि एमालेको सम्पन्न नवौं अधिबेशनमा संसदीय दलको उपनेता सुबास नेम्बाङलाई वरिष्ठ उपाध्यक्ष हुनुबाट ओलीबाट नै छेकारो लागेको प्रष्ट थियो। यसबाट उनले शिक्षा लिन चाहेनन् ।

अर्को एमाले नै पहिचानको विरुद्ध लागेकै कारण प्रदेश १ को नाम कोशी बन्न पुग्यो । कोशीलाई स्थापित गर्न र ओलीले जहाँ जहाँ आदिवासीलाई दवाउनु छ त्यहाँ त्यहाँ नेम्बाङलाई सँगसँगै लिएर जाने , आफ्नै छेउमा राख्ने अनि देख्यौ आदिवासी हो मसँग नेम्बाङ छ भन्ने ढाँचाले प्रस्तुत हुने , आक्रामक र उत्तेजक भाषण गर्ने। त्यतिनैखेर आदिवासीहरुको पहिचानको आन्दोलनको ज्वाला पूर्वतिर दन्किरहेको बेला नेम्बाङलाई दुरुपयोग गरियो । नेम्बाङलाई साथ लिएर पूर्वमा कार्यक्रम लिएर आए । पहिचानबादीहरुबाट ढुंगामुढा हुनु स्वभाविक थियो। एउटा लिम्बु इन्स्पेक्टरलाई १८ टाँचा लगाउने गरी तथाकथित पहिचानबादी आतंककारीहरुले ढुंगामुढा गरे । अर्को लिम्बू नै हवल्दारको च्यापु भत्काइदिए आदि इत्यादि उत्तेजक भाषण गरेर अरु स्थिति गंभीर बनाउदै देशलाई ओलीले म्यान्मार बनाउन खोजे । त्यति नै खेर राष्ट्रिय युवा संघका अध्यक्ष क्षितिज थेबेलाई दुरुपयोग गरी हाम्रो पहिचानको आन्दोलनमाथि प्रहार गर्न खोजियो । त्यसैगरी पासाङ शेर्पा अध्यक्ष रहेको लोकतान्त्रिक आदिवासी जनजाति महासंघको कार्यक्रम भर्खरै शहिद भएका लाजेहाङकै गाउँ बेलबारीमा प्रशिक्षण गर्न पठाए। यो कुराको अध्ययन बिश्लेषण गर्दा हामी आदिवासी सांच्चिकै खेर गएको प्रमाणित हुन्छ। यसपछि नेम्बाङको एउटा चर्चित भनाइ भाइरल भएको थियो ू त्यो पहिचानको ढुंगा कस्तो ढुंगा हो खालि एमालेमाथि मात्रै बर्सिन्छ ।  हामीले जवाफ दियौं एमाले त्यहि खोज्न आयो उहीमाथि बर्सियो अरु कोही आएनन् । यद्यपि पार्टीले भन्दा पनि ओलीले नेम्बाङलाई राष्ट्रपतिको चुनावमा बलिको बोको बनाइएपछि नेम्बाङको ओली मोह घट्न थालेको थियो। केपी ओलीबाट पार्टीले गति लिन नसक्ने भन्ने अनुमान भएपछि पुर्ब राष्ट्रपति बिद्या भण्डारीलाई पुनः सकृय राजनीतिमा फर्काउन उनको नेतृत्वदायी भुमिका हुँदाहुँदै परमधाम हुनुपर्‍यो। यो उनको आक्रोश पार्टी भित्रको बिद्रोह सबैको मुल्यांकनमा ठिक थियो तर अबेर भएको ठ्हर थियो। यद्यपि अबका दिनमा पार्टीले गति लिने कुरामा शंकै छ।

हरेक समय किरात धर्मगुरु आत्मानन्द लिङ्देन र सुबास नेम्बाङ बीचको पुलको काम गर्थें । आबश्यकता अनुसार गुरुज्यूको सन्देश उनीसम्म पुर्‍याउने र उनको सन्देश गुरुज्यूसम्म पुर्‍याउने काम हुन्थ्यो। गुरुज्यूले माया गर्नुहुने नेताहरुमध्ये सुबासचन्द्र एक हुन् । एकपटक गुरुज्यूले मञ्चमै म माङसेबुङमा बसुञ्जेल सुबासले यो क्षेत्रबाट भोट कहिल्यै हार्दैनन् भनेर उद्घोष गर्नुभएको थियो र बास्तबमा नेम्बाङले इलाम क्षेत्र नं २ बाट ४,४ पटक प्रतिनिधिसभाको चुनाबमा जितेर गए । चुनावमा हार कस्तो हुन्छ अनुभव गरेनन् । तर एकाएक राष्ट्रपति चुनावमा केपी ओलीको नश्लीय चिन्तनको अभिष्टताले हार्नुपर्‍यो । प्रधानमन्त्री प्रचण्डले जतिखेर राष्ट्रपतिको उम्मेदवारमा सुबास नेम्बाङको नाम अघि सारे त्यतिखेर केपी ओलीले स्वीकार गरेनन् र उनको आफ्नो आसेपेपासे ईश्वर पोखरेल , गुरु बराल बिष्णु रिमाल आदिलाई सुबास नेम्बाङको योगदानको अवमूल्यन गर्दै आफ्नै नश्लहरुलाई अघि सारे । प्रचण्डको चित्त बुझेन। बिबाद बढ्यो। अन्ततोगत्वा नेकपा एकीकृत पार्टी फुट्नु र दुई तिहाईको सरकार ढल्नु पनि केही कारणहरुमध्ये एउटा यहि थियो र अर्को केपी ओलीको दम्भ। जब पार्टी फुट्यो एमाले एक्लियो , माओबादी पार्टी र नेपाली काँग्रेसको गठबन्धनको सरकार बन्यो । राष्ट्रपति चुनावमा एमाले हार्ने निश्चित भएपछि सुबासलाई अगाडि सारियो। सुबासलाई राष्ट्रपतिको चुनावमा जानीजानी बलिको बोको बनाइयो । बास्तबमा उनी कहिल्यै चुनावमा नहारेको ब्यक्ति राष्ट्रपति चुनावमा हारेपछि उनको माङ्गेन्ना( शीर ) ढल्यो। त्यो ढलेको शीर २०८० साउन २३ गतेका दिन कहिल्यै नउठ्ने गरी शरीर नै ढल्यो। किरात संस्कार अनुसार माङ्गेन्ना शीर ढल्नु राम्रो होइन। यस अघि पनि एमालेको सम्पन्न नवौं अधिबेशनमा संसदीय दलको उपनेता सुबास नेम्बाङलाई वरिष्ठ उपाध्यक्ष हुनुबाट ओलीबाट नै छेकारो लागेको प्रष्ट थियो। यसबाट उनले शिक्षा लिन चाहेनन् ।

माननीय सुबास नेम्बाङको माङसेबुङसँगको साँठगाँठ, उठबस , निकटता भएको कारण चुनावमा उनको निरन्तर जीत र मुलुकमा उच्च ओहदाको कुर्सी र महत्वपुर्ण जिम्मेवारी सम्ह्सल्ने अवसर प्राप्त गरेका हुन् । यो सबै कारण धर्मगुरुज्यूकै शुभ आशिर्वादका कारणले नै संभव भएको थियो। तर उनले गुरुलाई कहिल्यै चिनेनन् माङसेबुङ आएर भाषणमा गुरुज्यूलाई जहिल्यै राष्ट्रिय बिभूति महागुरु फाल्गुनन्दका चेला आत्मानन्द भन्ने गर्थे। स्रोता भक्तजनलाई यो कुरो पाच्य हुँदैनथ्यो । कोही कोही रिसाउँथे पनि । यस बारे हामी गुरुज्यूका कार्यकर्ताले यतिका नेतालाई गुरुज्यूलाई कसरी संबोधन गर्ने भनेर सम्झाउन अप्ठ्यारो लाग्दथ्यो। तर मचाहिँ बेला बेलामा प्रसँग मिलाएर धर्मुगुरु आत्मानन्द लिङ्देन महागुरुका चेला नभएर महागुरुले अधुरो छोडेर जानुभएको कामलाई पुरा गर्न उहाँकै अवतार वा परिपुरकको रुपमा आउनु भएको हो भन्थें फेरि आउँदा सचिन्छ कि भन्यो उही कुरा दोहोर्‍याएर जान्थे। उनले गुरुज्यूलाई केवल भौतिकबादी दृष्टिकोणले मात्रै हेरे। त्रिकालदर्शी गुरुज्यूको जन्मको औचित्य बारेमा ,आत्मज्ञान बारेमा , गुरुज्यूमा निहित अपार ज्ञान र अदृश्य शक्तिको पहिचान कहिल्यै गर्न सकेनन् । गुरु को हुनुहुन्छ चिनेनन् । यसको मुल कारण उनको भौतिकबादी चिन्तन , शून्य आध्यात्मिक ज्ञान र बर्षभरीमा माङसेबुङमा हुने कार्यक्रमहरुमध्ये एक दुईवटा कार्यक्रममा अतिथिको रुपमा आउने अनि विकासे भाषण दिएर जाने काम मात्रै भयो।
माननीय सुबास नेम्बाङ आदिवासी नेता भएका साथै हैसियत र क्षमता पनि पुगेको कारण उनलाई एकपटक देशको कार्यकारी प्रधानमन्त्री वा राष्ट्रपति भएको देख्न हामी मतदाता र प्रशंसक समर्थक आतुर थियौं। यस बारे गुरुज्यू पनि चासो लिनु हुन्थ्यो । एकपटक त्यो किसिमको राजयोग आएको थियो। २,४ बर्ष अघिको कुरो हो गुरुज्यूको जन्मथलो चुक्चिनाम्बा आगोटेबारीमा ठुलो एक हप्ताको वा १५ दिने सेवा लागिरहेको थियो। गुरुज्यूले म र माङ्गेन्ना समितिका अध्यक्ष केहेरसिं योङहाङलाई राजशक्तिको सिद्धि मागिदिन सो सेवामा नेम्बाङलाई चैत महिनाको २३ वा २४ गते बोलाउनु भन्ने मिति तोकेर गुरुआदेश भयो। केहेरसिंह दाइ र मैले कुरा बुझ्यौं र हामी काठमाडौ पुगेर उपनेताको कार्यकक्षमा नै गएर गुरुको सन्देश सुनायौं। तर पार्टीको कार्यक्रम , संसद बैठक आदि आदिको कार्य ब्यस्तताले गुरु निम्तोमा आउन नसक्ने बरु उनको सट्टा भौतिक पूर्वाधार मंत्री बसन्तकुमार नेम्बाङलाई पठाउने तर चैत २७ गते रत्नकुमार बान्तवाको स्मृतिमा भने इलामतिर आउने कुरो गरे। गुरु आदेश बमोजिम निर्धारित मितिमा निम्तो अस्वीकार भएपछि हामी बाहिर निस्कियौं । हामी छक्क पर्‍यौं चित्त बुझेन । केहेरसिंह दाइ र म फेरि सल्लाह गर्‍यौं। गुरुज्यूको सदिच्छा नेताले बुझेनन् । पछाडी आए पनि हुन्छ भने गुरुज्यूसँग बुझेर त्यहि शहीद रत्न स्मृति दिवसमै भएपनि बोलाउँ भन्ने सल्लाह गर्‍यौं र गुरुज्यूलाई त्यहिंबाट फोन गर्‍यौं ।

गुरुज्यूबाट त्यहिबेला भएपनि आउँदा हुन्छ भन्ने आज्ञा पाएपछि फेरि उनका निजी सचिब कृष्ण काफ्लेसँग अनुमति लिएर भित्र पस्यौं र हामी दुबैले उनीलाई गुरुज्यूको खास भित्री मनसाय यस्तो छ भनी सम्झायौं। यति भएपछि चैत्र २६ गते चुक्चिनाम्बा पुजास्थलमा बिहानै केही नखाई वर्तमा आइपुग्ने भनेर सल्लाह भएर छुट्यौं । निम्तो अनुसार उक्त दिन २६ गते उनका पुर्ब निजी सचिब बुद्धि खनालले महमाईमा थुप्रै कार्यकर्तासँग भेटघाट कार्यक्रम मिलाउदै आउँदा बिहानै आईपुग्नु पर्नेमा बल्ल ४।३० बजे अपरान्ह आइपुगे। उनी आइपुगेको खबर गुरु गुरुआमालाई सुनायौं। गुरु गुरुआमाज्यू दुबैजना उनको लागि गरिने होमादि सेवामा आउनुभो। वरिपरि १५र१६ जना पुजारी माङसेवासबाहरु बसे। हामी पनि बस्यौं र चरु हवन शुरुभयो। म नेताकै छेउमा बसें। तर उनले हवन कुण्डमा होइन बाहिर बाहिरै मात्र चरु फ्याँके कुण्डभित्र पुर्‍याउन सकेनन् वा जानेनन् । अनि मैले उनीलाई कुण्डभित्र पुग्नेगरी चरु हाल्नुपर्छ भनी सम्झाएँ। गुरुआमा हाँस्नुभो। गुरुज्यूले पनि हाँस्दै हाँस्दै तरीका सिकाउनु भो। जे होस् सेवा सकियो । व्रतमै आइपुग्नु पर्ने थियो बेलुकी ४.३० बजे आइपुग्दा त्यो भयो भएन थाहा भएन । अबेला पनि भयो। बाटामा त्यसरी अल्मलिनु नहुन्थ्यो। गुरुज्यूले बोलाई सकेपछि कहिंकतै अल्मल नगरी निष्ठाका साथ बेलामै आइपुग्नु पर्थ्यो। त्यो कमजोरी भयो। तत्पश्चात प्रसाद ग्रहण गरेर भोलिपल्ट इभाङको २७ गतेको कार्यक्रम इलामबाट भ्याउने गरी पाहुना बिदा गर्‍यौं । आगोटेबारी पुजास्थलबाट उनीहरू हिंडिसकेपछि गुरुज्यूलाई नेम्बाङको सेवा कस्तो भयो माङ ९ ईश्वर ० ले ग्रहण गर्‍यो गरेन भन्ने जिज्ञासा तत्काल राखें । गुरुज्यू आत्मज्ञानी हुनुभएकोले सबै कुरा थाहा हुने नै भो । गुरुज्यूले हाँस्दै भन्नुभो नेताले माग्नुपर्ने कुरो , माग्नुपर्ने आशीर्वाद मागेनन् , माग्नै जानेनन् । सेवामा बस्दा फाल्तु फाल्तु कुरा मात्रै सोच्दै बस्यो ।  के के ? यहाँनेर उल्लेख नगरौं । हाम्रा आदिवासीले माङ (भगवान )सँग वरदान माग्नै जान्दैनन् । अरुले त जान्दछ्न् । गिरिजा बाबुले आशीर्वाद हामीसँगै मागेको हो , केपी ओलीले माग्यो पायो। यी दुबै जनालाई मैले नै आशीर्वाद दिएको हुँ भन्नुभो। यति कुरो गुरुज्यूको मुखारबिन्दबाट सुनि सकेपछि मैले त्यहिबेला नै नेम्बाङको प्रधानमन्त्री वा राष्ट्रपति हुने भाग्य साइत र योग रहेनछ भन्ने बुझेको हो। यो कुराको हल्ला गरी हिड्ने कुरो भएन। चुपचाप बसियो ।

नभन्दै संयोग परिस्थिति पनि त्यस्तै बन्दैगयो। इच्छा अधुरो रहँदै स्वर्गको बास पनि लिनुपर्‍यो। यस बारेमा उनको त्यति उत्कट इच्छा थियो वा थिएन तर गुरुज्यू लगायत हामी केहीलाई एकपटक यो देशको आदिवासी कार्यकारी प्रधानमन्त्री वा राष्ट्रपति हेर्ने इच्छा भएको चाहिं हो। किनकि उनको हैसियत योग्यता हरेक कोणबाट पुगेको थियो। यसरी उनले गुरुलाई पत्याएनन् । यो सवालमा गुरुलाई चिनेनन् ।
माननीय सुबास नेम्बाङ आफु त्यो ठाउँमा पुगेर पनि माङसेबुङले जति बिकास पाउनुपर्ने थियो पाउन सकेन तापनि किन हो कुन्नि गुरुज्यूको दया , माया , स्नेह उनीप्रति बहुतै रहेको थियो। मैले अघिल्लो स्टाटसमा पनि सार्वजनिक गरेको थिएँ । आजभन्दा २,३ बर्ष अगाडिको कुरो हो माङसेबुङमै गुरुदर्शन पश्चात् गुरु चेला बसेर गफगाफ गर्ने सिलसिलामा गुरुज्यूले पहिलोपटक अचानक नेता सुबास नेम्बाङ लगायत केहीको आयु नजिकिँदै गएको बताउनु भयो। म झस्किएँ। गुरुबाणी झुठो नहुने कुरो त छँदै थियो र यस अघिका धेरै घटनाहरुबाट हामीलाई थाहा थियो । तत्काल मैले गुरुज्यूसँग नेम्बाङको आयु जोड्ने बारे प्रसँग उठाएँ । किनकि किरात धर्म किरात मुन्धुममा त्यो ब्यबस्था छ तर गुरुज्यू बाहेक अरुले कार्यान्वयन गर्न मिल्छ कि मिल्दैन , हुन्छ कि हुँदैन आजसम्म थाहा भएन। गुरुज्यू समक्ष उनको आयु थप्न सकिने वा नसकिने बारे जिज्ञासा तत्कालै राखें। नहुने भए त्यति नै हो भन्नुहुन्छ । मेरो जिज्ञासाले गुरुज्यू एकछिन गम्भीर हुनुभो र घुमाउरो तरीकाले नेताजीलाई माङसेबुङ बोलाउँदा हुन्छ होला नि भनेर दोस्रोपटक पनि बिन्ती गर्दा गुरुज्यूले हुन्छ भन्नुभो। केही उपाय त रहेछ भन्ने संकेत पाएपछि मैले केही साथीभाइसँग भित्रभित्रै कुरा राखें। माङ्गेन्ना अध्यक्ष केहेरसिंह दाइसँग यो बारेमा सल्लाह राम्रोसँग गर्‍यौं । सुबास नेम्बाङ स्वयंसँग पनि भेटेरै २,३ पटक नै कुरा भएको हो र त्यो बिधि सम्पन्न गर्न माङ्सेबुङ आउने पनि भएका थिए ।

उनका केही आसेपासे नजिकका नेता कार्यकर्तासँग पनि राखियो। कर्मकाण्डको बिधि गर्दा के के सामाग्री चाहिन्छ र कहिले त्यो बिधि सम्पन्न गर्ने भन्ने समेत तिथिमिति तोकियो। तोकिएको मिति चाहिं उनकै जन्म महिना र गते तोकिएको थियो। त्यो मिति भने २०७८ फागुन २८ गते रहेछ । अघिल्लो स्टाटसमा २९ भएको यो सबै चाहिने सामाग्री ब्यबस्थापन गर्ने जिम्मेवारीको लागि संयोजक पनि तोकियो तर संयोजकबाट पनि जिम्मेवारी पुरा भएन र उपचार गरीमाग्नेले पनि माड नखाइ दिएपछि तैंचुप मैचुप भएर बसियो। त्यसैले के प्रमाणित गरिदियो भने माननीय म्बाङले गुरुलाई पत्याएनन्। जीवन मरणको सवाल थियो तर संबेदनशील भएनन् । यसको त्यहि अर्थ लाग्छ भित्री अन्तर हृदयबाट गुरुलाई कहिल्यै चिनेनन् । चिन्ने प्रयास पनि गरेनन् । सिर्फ उनले गुरुज्यूलाई यसरी चिनें उहाँका पछाडी धेरै शिष्य छन् र उहाँसँग चुनावको लागि धेरै मत छ। बस यति नै ।( लेखक , किरात धर्म तथा साहित्य उत्थान संघका अध्यक्ष हुन् । )

Leave a Reply

Your email address will not be published.