दमकमा यातायात मजदुरले मनाए विश्वकर्मा पूजा

दमक,१ असोज । नेपाल यातायात मजदुर संघ हलुका सवारी चालक ईकाइ समिति दमकले सोमबार विश्वकर्मा पूजा मनाएको छ ।दमक चौंकमा पूजाआजा गरि अघिल्ला बर्षझै यसवर्ष पनि विश्वकर्मा पूजा मनाईएको अध्यक्ष प्रेमकुमार श्रेष्ठले बताए ।
दमक नगरपालिकाका प्रमुख रामकुमार थापाको प्रमुख आतिथ्यतामा भएको विशेष पूजा कार्यक्रममा दमक खानेपानी तथा सरसफाई उपभोक्ता समितिका सचिव हरि सुवेदी ,नेपाल पत्रकार महासंघ कोशी प्रदेशका सदस्य बिष्णु सुब्बा लगायतले विश्वकर्मा पूजाको महत्व माथि चर्चा गरेका थिए ।
समितिका सचिव डिल्ली अधिकारीले स्वागत मन्तव्य राखेको सो कार्यक्रममा संस्थामा सम्बद्ध यातायात मजदुरहरुको उल्लेखीय उपस्थिति रहेको थियो । संस्थाले २०६५ सालदेखि बर्सेनी सामूहिक रुपमा विश्वकर्मा पूजा आयोजना गरिआएको हलुका सवारीका पूर्व सचिव गणेशप्रसाद गौतमले बताए ।
यसैगरि, आजनै समाजवादी मजदुर संघले पनि दमकमा विभिन्न कार्यक्रम गरि विश्वकर्मा पूजा आयोजना गरेको थियो ।

Leave a Reply

Your email address will not be published.