ताप्लेजुङ, १ असोज । अरिँगालले टोकेर ताप्लेजुङमा एक जना वृद्धाको मृत्यु गएको छ । जिल्लाको आठराई त्रिवेणी गाउँपालिका–४ चाँगेकी ७४ वर्षीया सुनमाया तामाङको अरिँगालको टोकाइका कारण मृत्यु भएको वडाध्यक्ष अर्जुन लिम्बूले जानकारी दिए ।
उनकाअनुसार तामाङलाई शनिवार दिउँसो जङ्गलमा दाउरा खोज्न गएका बेला अरिँगालले टोकेको हो । अरिँगालले टोकेर गम्भीर घाइते भएकी वृद्धालाई चाँगे स्वास्थ्य चौकीमा प्राथमिक उपचार गरिएको थियो ।थप उपचारका लागि जिल्ला अस्पताल लैजाने तयारी हुँदै गर्दा आइतबार उनको मृत्यु भएको वडाध्यक्ष लिम्बूले जानकारी दिए । वृद्धालाई विषालु अर्थात् कालो अरिँगालले टोकेको स्थानीयले बताएका छन् ।