दमक ,१ असोज । दमक बहुमुखी क्याम्पसका नवनियुक्त क्याम्पस प्रमुख यज्ञराज गिरीले (राम ) आजदेखि आफनो कार्यभार सम्हालेका छन् ।क्याम्पस सञ्चालक समितिको गत २३ साउनमा बसेको बैठकले उनलाई क्याम्पसको विधान अनुसार आगामी ४ बर्षका लागि क्याम्पस प्रमुखमा नियुक्त गरेको थियो ।
हालका क्याम्पस प्रमुख डा.नेत्रबहादुर बुढाथोकीको चार वर्षे पदावधि सकिएपछि गिरीले आजदेखि औपचारिक रुपमा क्याम्पस प्रमुखको जिम्मेवारी सम्हालेको सञ्चालक समितिका अध्यक्ष ढुण्डिराज भण्डारीले बताए । उनलाई आज सञ्चालक समितिले एक कार्यक्रमका बीच पदीय जिम्मेवारी प्रदान गर्नुका साथै बधाई तथा शुभकामना प्रदान गरेको थियो ।
नवनियुक्त क्याम्पस प्रमुख गिरीले पदीय जिम्मेवारी सम्हाल्दै यस क्याम्पसको शैक्षिक उन्नयनमा सधै इमान्दार,कर्तव्यनिष्ट भएर अत्यन्त जिम्मेवारीपूर्वक काम गर्ने प्रतिवद्धता जनाए ।
२०५५ सालदेखि प्राध्यापन गरिआएका गिरीले यसअघि सहायक क्याम्पस प्रमुख, विभागीय प्रमुखको कुसलतापूर्वक जिम्मेवारी सम्हालिसकेका छन् । प्राध्यापन संगै उनले क्याम्पसको शैक्षिक सुधारका लागि सञ्चालित सेप तथा हर्व परियोजनामा बसेर विभिन्न अनुभव सम्हालिसकेका छन् । उनले पाँचवर्षदेखि दमक बहुमुखी क्याम्पस प्राध्यापक संघका सभापतिको जिम्मेवारी समेत सम्हालिआएका छन् ।
२०३८ सालमा स्थापित यस क्याम्पसको पहिलो क्याम्पस प्रमुख अग्नीप्रसाद रिजाल हुन् भने भर्खरै नियुक्त भएका गिरी नवौ क्याम्पस प्रमुख भएको बुझिएको छ ।