मैले देखेको तिज र आज भोगेको तिज

-नगेन्द्रमणि न्यौपाने (काका)
म पूर्वी पहाड दुरदराज संखुवासभाको चैनपुर चित्लाङमा जन्मिएको मान्छे । मेरो बाल्यकाल जन्मथलो चित्लाङमानै बित्यो । जतिबेला मा सनो थिए हरेक चाड पर्वले बिछटैको रमाईलो अनुभुति गराउथ्यो । जब बारीमा मकै पाक्नै लाग्थ्यो नागपन्चमीमा गुरु पुरेतहरुले घरमा नाग टासेपछि तिजको दिनगन्ती शुरु हुन्थ्यो । कुशे औसीका दिन कुश घरमा भित्रिए पछि तिजको तरखर शुरु हुन्थ्यो । तिजका लागि दर खाने कुरा जुटाउने देखि चेलीबेटी लिन जाने क्रम शुरु हुन्थ्यो ।
त्यो बेला नत अहिलेको जस्तो यातायातको सुबिधा थियो नत आधुनिक सञ्चारका कुनै सेवा नै थियो । माथी लेक खर्कमा गोठ हुन्थ्यो । त्यो समयमा तिजका लागि दूध र घ्युका परिकारहरु बन्थे । गोठबाट दूध, घ्यु लगायतमा बस्तु घरमा ल्याइन्थ्यो । टाढा टाढाबाट चेलीबेटीहरु माईती घरमा ढाकिन्थ्यो । पानी झरी खोला नाल केही नभनी माईती चेलीलाई लिन जानुपर्थ्यो । माईती लिन नगए सम्म घरबाट छोरी चेलीलाई माइत पठाउने चलननै थिएन । हरितालिका अर्थात तिजका दिन साँझमा दर पकाउन शुरु हुन्थ्यो ।

पछिल्ला दिनमा आफ्नो मौलिकतालाई क्रमशः बिर्सदै तिज मनाउने भड्किलो शुरु भएको छ । बर्षमा एकदिन त्यो पनि रातको समयमा खाएर मनाउने हाम्रो मौलिक चाड तिज हो । तर अहिले तिजका नाममा अनेक खाले बिकृतिहरु देखिन थालेको छ । तिज पर्वलाई अहिले खर्चिलो भड्किलो बनाईदै लगिएको छ । मौलिक संस्कार र संस्कृति हाम्रो पहिचान हो । तथापि पनि त्यस्ता कुराहरुलाई बेवास्था गर्दै भड्किलो बन्दै गएको छ ।

……………………………………………………………………………………………………………………………………………………………..

चेली र माईती भेला भएर तिजको दिन राती मध्यरातमा दरखाईन्थ्यो । दर खाने राती आफु केटा भएर होला सायद नबोलाई फूपू र दिदी आमाले दर खानुहुन्थ्यो । बिहान उठेर रुनुबाहेकको अरु कुनै बिकल्पनै रहदैन थियो आफू संग । तिज पर्व नितान्त महिलाहरुको चाड हो । त्यो समयमा यो चाड कुनै जाति र समुदायका महिलाहरुले मात्र मनाउने चलन रहेको थियो । बारीमा मनग्य काक्रा नासपाती फलेका हुन्थे तिजको भोलिपल्ट दिनभर पानी पनि नखाई व्रत बसेका ब्रतालुले आफ्नै बारीमा फलेका काक्रा, नास्पाती लगायतका फलफुल खाने चलन थियो । बर्तालुले छिमेक भेला भएर संगिनी लगायत अन्य लोक भाका गाएर रमाईलो गर्ने परम्परा रहेको थियो ।अहिले पनि त्यो बेलाको तिज सम्झदा छुट्टै रमाईलो अनुभूति हुन्छ । पछिल्ला दिनहरुमा एउटा निश्चित घेराबाट निस्किएर तिजको महत्व सर्वब्यापी बन्दै जानु राम्रो पक्ष हो ।

तर पछिल्ला दिनमा आफ्नो मौलिकतालाई क्रमशः बिर्सदै तिज मनाउने भड्किलो शुरु भएको छ । बर्षमा एकदिन त्यो पनि रातको समयमा खाएर मनाउने हाम्रो मौलिक चाड तिज हो । तर अहिले तिजका नाममा अनेक खाले बिकृतिहरु देखिन थालेको छ । तिज पर्वलाई अहिले खर्चिलो भड्किलो बनाईदै लगिएको छ । मौलिक संस्कार र संस्कृति हाम्रो पहिचान हो । तथापि पनि त्यस्ता कुराहरुलाई बेवास्था गर्दै भड्किलो बन्दै गएको छ ।
अहिलेको तिजमा सन्चारको सहि सदुपयोग गर्न नजान्दा पनि भाबी पुस्ताहरुले तिजको मर्म त भावनालाई भुझ्न नसक्ने गरि परिस्कृत हुँदै छ । तिजको नाममा बढ्दो देखासेखीले यो चाडलाई भड्किलो मात्र बनाएको छैन खर्चिलो पनि त्यतिकै बन्दै गएको छ । अहिलेको तिजमा गाईने तिजे गित र नृत्यले पश्चिमा शैलीको सिको गरेको जस्तो भान गराउदै लगेको छ । अहिले तिजमा महङगा लत्ताकपडादेखि गरगहना लगाउनै पर्ने अनिवार्य जस्तै बनेकाले पनि यसले सामाजिक तथा सांस्कृतिक रुपमा थप चुनौती बन्ला हो की भन्ने चिन्ता थपिदै गएको छ ।
तिजमा खाने परिकार पनि फेरिदै गएका छ । चाड पर्व मनाउँदा रमाइलो गर्ने वहानामा बिकृति र बिसङतिले स्थान पाउदै गएको भान गराउन थालेको छ । त्यसैले आफ्नै मौलिक परम्पराका संस्कार ,संस्कृतिहरु नेपाल र नेपालीको पहिचान हो । यसलाई मर्न र मार्न दिनु हुन्न । आफ्नो गच्छे अनुसार परम्परालाई अनुसरण गर्दै चाडपर्व मनाउने बानीको सिको गरौ भाबी पुस्तालाई त्यो अवसर जुराई दिन सकौ । अहिलेको भन्दा पहिलेको तिज नेपाली पनको रमाईलो । हरितालिका तिजको सबैमा शुभकामना । दमक,झापा

Leave a Reply

Your email address will not be published.