फाल्गुनन्द चौंकमा नेशनलको शाखा सञ्चालनमा

दमक,७ भदौ । दमक चौंकमा १५ वर्ष अघि स्थापना भएको नेशनल कम्प्यूटरले दमकको फाल्गुनन्द चौंकमा आफनो शाखा सञ्चालनमा ल्याएको छ ।दमक वजार असापासका सेवाग्रहीलाई लक्षित गरि नेशनल अन्तर्गतको भैरव इन्टरनेशनल(कम्प्युटर तथा इलेक्ट्रोनिक्स पसल )को औपचारिक रुपमा उद्घाटन गरिएको हो ।
सो व्यवसायिक प्रतिष्ठानको मोरङक्षेत्र न. १ का पूर्व सांसद घनश्याम खतिवडा र दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाईले संयुक्त रुपमा उद्घाटन गरे । उद्घाटनका अवसरमा पूर्व सांसद खतिवडाले कम्प्यूटर तथा इलेक्ट्रोनिक्सका ब्राण्डेड समानहरु पाईने यस पसलले यस क्षेत्रका ग्राहकहरुको सुविधामा ध्यान दिदैं सहज र सुलभ सेवामा जोड दिनु पर्ने औल्याए ।संघका अध्यक्ष गुरागाईले व्यवसायिक सफलताको शुभकामना दिदै गुणस्तरसंगै सहज सुविधा दिन सफल हुनेमा विश्वास व्यक्त गरे ।
भैरव इन्टरनेशनलका सञ्चालिका अर्चना भण्डारी लुईटेलले ग्राहकहरुको माया, सद्भावका कारण नेशनलले यो उचाई प्राप्त गरेको र आवश्यकता अनुसार दमक १ फाल्गुनन्द चौंकमा शाखा सञ्चालनमा ल्याईएको जानकारी दिए ।
भैरव इन्टरनेशनल उद्घाटनका अवसरमा नजिकिएको दशैतिहार भरि हरेक समान खरिदमा भारी छुट, एक्सचेन्ज , फ्रि सर्भिस लगायतका सेवा पुरयाँउने सञ्चालक नेत्र लुईटेलले बताए ।

Leave a Reply

Your email address will not be published.