दमक,३ भदौ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले देशलाई हानी पुरयाँउने भ्रष्टचारसहितका सवै किसिमका प्रकरणका फायलहरु खुल्नुपर्ने बताएका छन् ।वर्तमान सरकारले विभिन्न समयका भ्रष्टचार लगायतका प्रकरणहरुको फायल खोलेर छानवीनको प्रकृया शुरु गरेकोमा केहि आशा जगाएको भन्दै उनले सवै ती फायलहरु खोलेर अनुसन्धानको प्रकृयालाई तीव्रता दिनुपर्ने जोड दिए । देशलाई नोक्सान पुरयाँउने सवै किसिमका भ्रष्टचार लगायतका प्रकरणमा संलग्नलाई राजनीतिक आस्थाका आधारमा नहेरि निष्पक्ष छानवीन गरि दण्डित गरिनु पर्ने उनको भनाई थियो ।
आइतवार नेपाली कांग्रेस शिवसताक्षी नगर समितिको प्रथम नगर सम्मेलनको उद्घाटन गदैं पूर्व स्वास्थ्यमन्त्री समेत रहेका महामन्त्री थापाले अहिले देशैभरि नेपाली जनताको निराशालाई चुनौतीसंगै अवसरका रुपमा बदल्न कांग्रेसले अगुवाई गर्नुपर्ने बताए ।
यो निराशा यहि व्यवस्थाले ल्याएपनि अव व्यवस्थालाई सुढृण गरि अवस्था परिर्वतन गर्न अवको कदम जरुरी भएको उनको भनाई छ । उनले भने, –‘ मिसन ८४ निर्वाचनको चिन्ता होइन , २०८० देखिनै देशको अवस्था परिर्वतनमा हामी सबैको बनेमात्र देशको मुहार फेर्न सकिन्छ ’केहि दलहरुले आगामी आम निर्वाचनमा जित निकालेर सरकार बनाउने भन्ने चिन्ता महत्व नभएको भन्दै उनले देशको समग्र रुपान्तरणमा हामी सबैको निराशा ,चिन्ताबाट अव अवसर प्राप्तिका लागि सरकार अघि बढ्नु पर्ने उल्लेख गरे ।
उनले देशमा छाएको निराशालाई मौका छोपी केहि नयाँ भनाउदा दलहरुले व्यापार गरिआएको टिप्पणी गरे ।दुधेस्थित सतासीधाम सामुदायिक अध्ययन केन्द्रको सभाहलमा भएको सम्मेलनमा उनले कांग्रेसका नेता तथा सबै कार्यकर्ताहरुले चुनावका लागि मात्र नभएर जनताको परिवर्तनको निम्ति सकृय भई जुट्नु पर्ने उल्लेख गरे ।
पार्टी नगर सभापति अशोक बस्नेतको अध्यक्षतामा भएको सम्मेलनमा कांग्रेस झापाका सभापति देउकुमार थेवे लगायतका नेताले बोलेका थिए भने सम्मेलनमा नगर सभापति बस्नेतले नगरको पार्टी गतिविधिमूलक प्रतिवेदन प्रस्तुत गरेका थिए ।