झिलझिले,२ भदौ । शिवसताक्षी -८ स्थित झिलझिलेका व्यवसायी मोहन मैनालीको घरमा आगलागी हुदाँ करिव ५० लाख मूल्य बराबरको क्षति भएको छ ।मैनाली हार्डवेयरका सञ्चालक समेत रहेका व्यवसायी मैनालीको घरमा विद्युत सर्ट भई आगोलागी हुदाँ अन्दाजी ५० लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको इलाका प्रहरी कार्यालय झिलझिलेका इञ्चार्ज प्रहरी निरीक्षक युवराज कटुवालले जनाएका छन् ।
आगलागी शिवसताक्षीसहित कमल, बिर्तामोड , मेचीनगर, दमक नगरपालिका वारुण यन्त्रहरुको सहयोगमा नियन्त्रणमा आएको थियो । दोस्रो तलादेखि माथि सिलिङ, सिसा, जस्तापाता, लत्ताकपडा, फर्निचर, महत्वपूर्ण कागजात, फ्रिज, अन्य विद्युतीय उपकरणहरु पूर्ण रुपले नष्ट भएको छ ।