दमक ,२६ साउन । झापा कमल गाउँपालिकाकी कार्यपालिका सदस्य चन्द्रकला सुब्बालाई मातृशोक परेको छ । कमल ५ मंगलवारे निवासी उनकी आमा ८५ बर्षिया फिपरानी पालुङ्वाको सुनसरीस्थित इटहरीमा आज दिउँसो एक वजे निधन भएको हो । उनी केहिदिन देखि अस्वस्थ थिइन् । स्व. फिपरानीका तीन छोराहरु गजेन्द्र प्रकाश ,टंक ,डम्बर र छोरीहरु कमला ,कौसिला ,चन्द्रकला र ज्योती रहेकी छन् । छोरी कमला भने प्रदेश सभा सदस्य हुन् ।
यसैबीच ,मृतकको शव आज साँझनै इटहरीमा किरात धर्म अन्त्येष्टि गरिएको पारिवारिक स्रोतले जनाएको छ ।