पायल्स मात्र गुदाद्धारको समस्या नभएर सम्पूर्ण पाचन प्रणालीमा देखिने समस्याको परिणाम हो । त्यसैले पाचनतन्त्र राम्रो बनुउनु अथवा स्वस्थ राख्ने खानेकुरा खानु, समयमा सुत्नु र समयमा उठेर योग, व्यायाम गर्नु आवश्यक हुन्छ । मलाई पायल्स भयो भन्ने थाहा पाउने वित्तिकै चित्सिकिय सल्लाह लिएर सावधानी अपनाउन सकिन्छ । कब्जियत यसको मुख्य कारण भएकोले हुन नदिने गरी फइबर भएको खानेकुरा जस्तै प्रसस्त सागपात, दुध दही मही सलाद र फलफुल खानु पर्छ । प्रसस्त शुद्ध पानी पिउनु पर्छ । मासुजन्य खानेकुरा कम र विहान मात्रै खानु राम्रो हुन्छ । चिन्ता, तनाव सबैमा हुन्छ तर यसलाई एउटा परिक्षामात्र हो भनेर सम्झिनु पर्छ । रोगले भन्दा डरले मानिसलाई झनै ठूलो रोगी बनाउछ । त्यसैले धेरै डराउनु भन्दा रोगबारेमा विभिन्न माध्यमबाट जानकारी लिएर रोकथाम गर्नतर्फ लाग्नु पर्छ ।
……………………………………………………………………………………………………………………………………………………
-डा.लेखनाथ न्यौपाने
पायल्स मलद्धारसँग सम्बन्धित एक प्रकारको रोग हो । यो आफै रोग नभएर कब्जियतका कारण देखिने परिणाम पनि हो । आजकल आम सम्स्या बन्दै गएको कब्जियतको परिणाम पायल्समा बदलिएको पाइन्छ । केहि प्रतिशतमा पायल्स अन्य कारणबाट पनि देखिन सक्छ, जस्तै मलासय या मलद्धारमा अैजेरु पलाउनु, गर्भवती अवस्थामा रक्तनसाहरु फुलेर पायल्सको रुप लिनु, कसैकसैमा वंशाणुगत रुपमा पनि पायल्स देखापर्नु, समय समयमा रगत जानु अन्य कारण हुन सक्छन् । तर, अधिकाशं मानिसमा पायल्सको मुख्य कारण पाचनतन्त्रमा समस्या देखिएपछि कब्जियत र कब्जियत ठिक हुन नसकेर भएको पाईएको छ । र, यो अवस्थामा मलद्धारमा ऐजेर जस्तै नसा फुलिएको देखिने, दिसा गर्दा रगत देखा पर्ने, दिसा गर्न कठिन हुँने, दिसाद्धार पोल्ने, चिलाउने र ढाड दुख्ने मुख्य लक्षण हुन् ।
धरैजसो मानिसमा जनचेतनाको कमी र लाज अथवा इज्जत जाने भ्रमका कारण पनि पायल्स रोग भुसको आगो झै फैलिरहेको छ । यसको प्रत्यक्ष अनुभव आप्mनो लामो समयको चित्सिकिय सेवाले देखाएको छ । यो रोगसँग जोडिएको अर्को कारण हो आजकलको जीवनशैली । हतारको दिन अनि ढिलो गरि ओच्छयान । समय नमिलेको या अल्छि लाग्यो भनेर फस्टफुड र बोतलका पेय पदार्थको वढदो सेवन । अफिसमा लामो समय बसाई अनि चिया कफिमा मन । शरीरिक व्यायामको कमी अनि प्रसस्त निद्रामा कन्जुस्याई । पछिल्लो समयले मानिसलाई पक्कै कथित आधुनिकता तर्फ त लग्यो नै जीवनभर दुःख पाइने रोगले मित पनि लगायो । आजैबाट अभियानको रुपमा जीवन जिउने तरिका खानपान र रोगबारे जनचेतना नजगाउने हो र हरेकले रोग र कारणबारे खुलेर बहस नगर्ने हो भने नखाएर लाग्ने कुपोषण भन्दा अनावश्यक खाएर लाग्ने पायल्स, मधुमेह अनि उच्च रक्तचाप जस्ता जीवनसाथीले नसमाउलान भन्न सकिन्न ।
कारणहरु ः एउटा प्रसिद्ध भनाई छ, “थोरै खाए बल धेरै खाए मल” । वास्तवमा साधु सन्तहरु दिनमा एकवटक खान्छन् । उनीहरु हामी भन्दा स्वस्थ र खुसी देखिन्छन् । हामी दुईपटक भन्दा पनि धेरै खान्छौं । सादगी भन्दा तामसी भोजनमा रमाउछौं । आफुले चढने गाडीमा राम्रो इन्धन भर्छौं, तर आप्mनो पेटमा भने जे पनि भर्न तयार हुन्छौं । यसैको परिणाम आज विभिन्न प्रकारका रोगहरु वढीरहेका छन् । त्यसमध्येको एउटा हो पायल्स । पायल्सलाई विभिन्न नामले चिन्ने गरिन्छ, जस्तै कसैले हर्सा भनेर पनि पुकारेको सुनिन्छ । यसरी नै हिन्दी भाषमा बबासिर भनिन्छ भने अङ्ग्रेजीमा हेमोराइड भनिन्छ । मलद्धारमा रहेका र भएका मांसपेशीहरु, रक्तनसाहरु सुनिन्ने, दिसा गर्दा दुख्ने, वरिपरिको कमलो मांसपेशी फुट्ने(फिसर), रगत आउने, दिसा गर्न बसेर धेरै बेरसम्म कन्दा मात्र मल त्याग गर्न सकिने, दिशाद्धार पोल्ने, मासुको डल्लो जस्तो दखापर्ने, अंगुरको झुप्पो जस्तो देखापर्ने जस्ता समस्याको मुख्य कारण माथि बताइएका जीवनशैलीका परिणाम हुन भन्दा अत्योक्ति नहोला । त्यसैले पायल्स हुने मुख्य कारणहरु आधुनिक भनिएको जीवनशैली र आप्mनो स्वास्थ्य र खानामा बेपरवाह नै हो । पायल्स बनाउने मुख्य कारण कब्जियत भएकोले नरम र दिनमा कम्तिमा एकपटक र सामान्य रुपमा २ पटक पेट साफ हुने गरी दिसा गर्नु समाधानको उपाय हो ।
…………………………………………………………………………………………………………..
पायल्स रोगको रोकथाम र सही उपचारका लागि पहिलो काम त आजकल बजारमा आएका पकेट खानेकुरा स्वस्थकर छैनन, लगातार खानु हुँदैन भन्ने कुराको जानकारी गराउन सक्नु पर्दछ । दोस्रो कुरा स्थानिय स्तरमा फलाइने अन्न र फलफुल प्योकेट र बोतलमा भएका खानेकुरा भन्दा स्वस्थकर र पोषणले भरिएका हुन्छन् भन्ने ज्ञान वाडनु जरुरी छ । तेस्रो कुरा शरीर स्वस्थ्य राख्न हिँडडुल, व्यायाम, घरका काम र खेलकुदमा रमाउन सिक्नु र सिकाउनु पर्छ । प्रकृतिले हामीलाई दिन र रात दिनुको अर्थ दिनमा काम गर्ने र दिनमै खाना खाने भनेर हो र राती भनेको सुत्ने, निदाउने, परिवारका सदस्यसँग बसेर रमाउने हो । अर्को कुरा खाना धेरै र तामसी प्रकारका खाँदामात्र बल र ताकत आउँदैन भन्ने कुरा हामी साकाहारी पशुबाट पनि सिक्न सक्छौं। उनीहरु घास या पराल खान्छन तर बलिया र निरोगी हुन्छन् । यसको अर्थ सागपात, फलफुल र गेडागुडीमा पाइने शक्ति मानिसकालागि पनि प्रयाप्त हुन्छ भन्ने कुरा हो । तर, मासहारी खानेकुरा पनि समय मिलाएर पच्न सक्ने गरी खाँदा शरीरमा धेरै हानी नहुने र कमजोरी चाडै कम भएर जाने गर्छ । हो यही जिब्रोको स्वादका लागि हामी आवश्यक खानेकुरा भन्दा पनि अनावश्यक धेरै खान्छौं जसको असर पनि हामीले नै भोग्छौं ।
त्यसैले के खाने, कति खाने, कतिबेला कुन खाना खाने, नखाने भन्ने जस्ता सामान्य ज्ञान भएमा हामी पायल्सगायतका धेरै रोगहरुबाट बच्न सक्छौं ।
……………………………………………………………………………………………..
पायल्स हुने प्रमुख कारण कब्जियत हो र कब्जियत हुने कारण खानपानमा बेपरवाह हुनु हो । खानपानमा बेपरवाह रहदा हाम्रो पाचन प्रणालीमा असर हुन्छ । विभिन्न पाचन रसहरु आवश्यकता अनुसार निस्किन सक्तैनन जसका कारण ठूलो आन्द्रामा सुखा पन वढन जान्छ । शुद्ध पानीको मात्रा र फइबर प्रसस्त भएको खाना नखाएका कारण पचेर रहेको वस्तु आन्द्रामा चिप्लिएर अगाडी वढन सक्तैन, जुन कब्जियत हो । यही कडा दिसा बाहिर निस्किने क्रममा नरम रहेको दिसाद्धारको मांशपेशी र प्रसस्तै रक्तनसाहरु फुलिन थाल्छन् । यसरी लगातारको दबाबबाट मलत्याग गर्दा ति रक्तनसा फुटेर रगत आउछ भने विस्तारै तिनै नसाहरुमा रक्तप्रवाह वढन गई या जम्नगई गुच्चा जस्ता देखिन थाल्छन् र विस्तारै बाहिर पनि देखिन थाल्छन् । यो अवस्था नै हेमोराइड हो ।
पायल्सका प्रकार : सामान्यतया पायल्स दुई प्रकारका हुन्छन्, बाहिरी र भित्री अथवा एक्स्टरनल र इन्टरनल । बाहिरी (एक्स्टरनल) पायल्समा गुदाद्धारको बाहिर वरिपरी रक्तनसा र कमला मांशपेशी फुलिएर बाहिरबाटै देखिने गरी नरम गाठागुठी जस्ता रहेका हुन्छन् । यस्तो अवस्थामा मानिसमा संसय उत्पन्न गराउछ कि कतै क्यान्सर त हुँदैन या होइन ? या अरु समस्या त आँउदैन । यस्तो अवस्थामा चिकित्सकसँग जाँच गराएर ढुक्क हुनुपर्छ । र सोही अनुसारको उपचारमा लाग्नु पर्छ । यसरी नै भित्री पायल्सका भने विभिन्न स्टेज हुन्छन् प्रथम, द्धितीय, तृतिय अनि चौथो । पहिलो स्टेजमा, दिशा गर्दा अपठ्यारो हुने, पेट फुले जस्तो हुने, दिसा धुँदा, हल्का मासुको डल्लो जस्तो केहि ठोस बस्तु भएको जस्तो महशुस हुँने हुन्छ । दोस्रो स्टेजमा, दिशा गर्दा मासु हल्का बाहिर आउने तर उठने बेलामा आफै भित्र जाने हुन्छ । तर दिशा गर्दा भने निक्कै सकस हुन्छ । तेस्रो स्टेजमा भने दिसाद्धारको वरीपरी तीन ठाउँबाट मासुका डल्ला देखिन सक्छ । दिसा गरि सकेपछि हातैले ठेल्नु पर्छ । आफै भित्र जान मान्दैन अथवा यो अवस्थामा हेमोराइड ठूलो भई सकेको हुन्छ । अन्तिम अथवा चौथो स्टेजमा भने निक्कै असहज हुन्छ र विरामीलाई दिसा नर्गन पाए हुन्थ्यो जस्तो लाग्छ किनभने दिसा गर्दा बाहिर आएको मासुको डल्लो भित्र जादैन र बस्न पनि असहज हुने, दुख्ने, रगत बगिरहने, पिप बग्न सक्ने जस्ता पिडादायी समस्या हुन्छन् । त्यसैले यो अवस्था आउनु अघि नै उपचार गराउनु र आप्mनो दैनिकीलाई स्वास्थ्यमैत्री बनाउनु आवश्यक हुन्छ ।
लक्षण र उपचार : केहि दिन अगाडी एक जना सीता(नाम परिवर्तन) नाम गरेकी युवती किल्निकमा आइन् । उनको एकवर्ष अगाडी पायल्सको अप्रेसन गरिएको रहेछ । उनले थोरै मात्र पायल्सको समस्या भएको बेलमै यस्तो उपचार गराइछन् तर एक वर्षपछि पायल्सको समस्या पुनः बल्झियो । उनी अस्टे«लिया जाने तयारीमा छिन् । उनी चाडै समस्या सुल्झाउन चाहन्छिन् । उनको कमजोर पक्ष भने खाने कुरामा लार्पवाही रहेछ । सुत्न र उठनको टुङ्गो रहेनछ । जसका कारण उनलाई समस्या पुनः देखायो । उनी एउटा प्रतिनिधी पात्र मात्र हुन् । पायल्सका विभिन्न स्टेजमा दुःख पाइरहेका, सही उपचार नपाएर भौतारिरहेका विरामीको सख्या असाध्यै धेरै छ । आइसबर्ग फेनोमेना जस्तै केहि विरामी मात्र उपचारको पहुचमा आइपुग्छ् । धेरै विरामी भने लाज र सरमका कारण अनि आर्थिक अवस्थाका कारण चिकित्सकसम्म आइपुगेका छैनन् ।
पायल्स रोगको रोकथाम र सही उपचारका लागि पहिलो काम त आजकल बजारमा आएका पकेट खानेकुरा स्वस्थकर छैनन, लगातार खानु हुँदैन भन्ने कुराको जानकारी गराउन सक्नु पर्दछ । दोस्रो कुरा स्थानिय स्तरमा फलाइने अन्न र फलफुल प्योकेट र बोतलमा भएका खानेकुरा भन्दा स्वस्थकर र पोषणले भरिएका हुन्छन् भन्ने ज्ञान वाडनु जरुरी छ । तेस्रो कुरा शरीर स्वस्थ्य राख्न हिँडडुल, व्यायाम, घरका काम र खेलकुदमा रमाउन सिक्नु र सिकाउनु पर्छ । प्रकृतिले हामीलाई दिन र रात दिनुको अर्थ दिनमा काम गर्ने र दिनमै खाना खाने भनेर हो र राती भनेको सुत्ने, निदाउने, परिवारका सदस्यसँग बसेर रमाउने हो । अर्को कुरा खाना धेरै र तामसी प्रकारका खाँदामात्र बल र ताकत आउँदैन भन्ने कुरा हामी साकाहारी पशुबाट पनि सिक्न सक्छौं। उनीहरु घास या पराल खान्छन तर बलिया र निरोगी हुन्छन् । यसको अर्थ सागपात, फलफुल र गेडागुडीमा पाइने शक्ति मानिसकालागि पनि प्रयाप्त हुन्छ भन्ने कुरा हो । तर, मासहारी खानेकुरा पनि समय मिलाएर पच्न सक्ने गरी खाँदा शरीरमा धेरै हानी नहुने र कमजोरी चाडै कम भएर जाने गर्छ । हो यही जिब्रोको स्वादका लागि हामी आवश्यक खानेकुरा भन्दा पनि अनावश्यक धेरै खान्छौं जसको असर पनि हामीले नै भोग्छौं ।
त्यसैले के खाने, कति खाने, कतिबेला कुन खाना खाने, नखाने भन्ने जस्ता सामान्य ज्ञान भएमा हामी पायल्सगायतका धेरै रोगहरुबाट बच्न सक्छौं ।
अब चर्चा गरौ खाना र पानी कसरी खाने भन्ने बारेमा । हामीलाई प्रकृतिले २४ घण्टा दिएकोमा दिउसोको समयलाई नै बडी महत्वको मनिन्छ । विहान घाम झल्किुनु अगावै उठेर उषापान गर्नु शरीरको लागि महत्वपूर्ण हुन्छ । मनतातो पानी बसेर आरमले घुटकी मार्दै पिउनु भनेको अमृत पान गरे सरह हो र यही उषापान हो । पानी क्षारिय भएकाले राती पकाएर खाएको खानेकुरामा अम्ल अथवा एसिड बढी रहेको हुँदा पानीले पेट र रगतमा भएको अम्लिय पनलाई कम गरेर लैजान्छ र एसिडिटी हटेर जान्छ साथमा सौच पनि सहज हुन्छ । पानी पिएको आधा घण्टापछि सम्भव भएमा काँचो कचिलो खानेकुरा, जस्तै फल या ड्राई फ्रुट्स खानु उत्तम हो । विहान खाएको फल शरीरमा अमृतको रुपमा काम गर्छ । त्यसैले खानमा सलाद या काँचो खानेकुरा पनि राख्नु पर्छ जस्तै सलाद । बेलुकाको खाना सकेसम्म घाम नअस्ताई यदि सम्भव नभएमा ८ बजेसम्मा खाइसक्नु पर्छ । रातको खाना थोरै सकेसम्म साकाहारी खानुपर्छ र खाना खाएको २ घण्टापछि मात्र सुत्नु पर्छ । मांसहारीले मासुजन्य खानेकुरा विहानको छाकमा खाँदा पायल्स लगायतका धेरै नसर्ने रोगबाट बच्न सकिन्छ ।
यसरी नै शरीरले निद्रा खोजीरहेको हुन्छ । जसरी एउटा बच्चा धेरै समय निदाउछ र स्वस्थ रहन्छ । त्यसरी नै हरेक उमेर समुहले कम्तिमा पनि ६ देखि ८ घण्टा निदाउनु अनिवार्य हुन्छ । अझ पायल्स रोगीका लागि त निद्रा अति महत्वपूर्ण हुन्छ । त्यसैले निद्रालाई जीवनको पहिलो प्रार्थमिकतामा राखेर काम गर्ने गर्नु पर्छ भने सपना देख्न पनि निदाउनु पर्छ भन्ने भनाई सार्थक लाग्छ । पायल्स मात्र नभएर अन्य सबै रोग बोकेर, पालेर बस्नु हुँने सबैले सारात्मक सोच राख्ने, मेरो यो पिडा निश्चित समयका लागि मात्र हो भन्ने कुरालाई मनन गर्ने । हरेकको राम्रो र नराम्रो समय आउछ । नराम्रो समयमा धैर्यता राख्न सके चाडै राम्रो समय आउने छ भन्ने जस्ता कुरा मनमा हमेशा ल्याउनु पर्छ र यो नै सास्वत सत्य हो ।
अन्त्यमा, पायल्स मात्र गुदाद्धारको समस्या नभएर सम्पूर्ण पाचन प्रणालीमा देखिने समस्याको परिणाम हो । त्यसैले पाचनतन्त्र राम्रो बनाउनुअथवा स्वस्थ राख्ने खानेकुरा खानु, समयमा सुत्नु र समयमा उठेर योग, व्यायाम गर्नु आवश्यक हुन्छ । मलाई पायल्स भयो भन्ने थाहा पाउने वित्तिकै चित्सिकिय सल्लाह लिएर सावधानी अपनाउन सकिन्छ । कब्जियत यसको मुख्य कारण भएकोले हुन नदिने गरी फइबर भएको खानेकुरा जस्तै प्रसस्त सागपात, दुध दही मही सलाद र फलफुल खानु पर्छ । प्रसस्त शुद्ध पानी पिउनु पर्छ । मासुजन्य खानेकुरा कम र विहान मात्रै खानु राम्रो हुन्छ । चिन्ता, तनाव सबैमा हुन्छ तर यसलाई एउटा परिक्षामात्र हो भनेर सम्झिनु पर्छ । रोगले भन्दा डरले मानिसलाई झनै ठूलो रोगी बनाउछ । त्यसैले धेरै डराउनु भन्दा रोगबारेमा विभिन्न माध्यमबाट जानकारी लिएर रोकथाम गर्नतर्फ लाग्नु पर्छ । आज बजारमा विभिन्न उपचार पद्धतीको विकास भएको छ । पायल्स, फिस्टुला, फिसर आदीको सरल र प्रभावकारी उपचार होमियोप्याथीक र आयुर्वेदमा पनि हुने गरेको छ । (लेखक, दमकका पूराना होमियोप्याथि चिकित्सक हुन् । )