विराटनगरको सेन्ट्रल मलबाट खसेर युवकको मृत्यु

विराटनगर,२ जेठ । विराटनगरको मुख्य बजारमा रहेको सेन्ट्रल मलबाट खसेर एक युवकको मृत्यु भएको छ । मलको तेस्रो तल्लाबाट खसेका विराटनगर महानगरपालिका –५ कोचाखालका २३ वर्षीय मुकुन्द काफ्लेको मृत्यु भएको छ ।
प्रहरीका अनुसार वैशाख ३१ गते साँझ काफ्लेले सेन्ट्रल मलको तीन तल्ला माथिबाट झरेका थिए । माथिबाट झरेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि कोसी अस्पतालमा भर्ना गरिएको थियो। उपचारको क्रममा सोमबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी रञ्जनकुमार दाहालले बताए ।तीन तला माथिबाट आफै झरेको सिसीटिभी फुटेजमा देखिएको उनले बताए ।

आत्महत्या गर्ने मनसायले झरेको जस्तो देखिएको बताउँदै उनले घटनाको अनुसन्धान भइरहेको बताए। प्रहरीले मंगलबार कोशी अस्पतालमा पोष्टमार्टम गरी उनको शव परिवारलाई जिम्मा लगाएको छ ।

Leave a Reply

Your email address will not be published.