भ्रष्टाचारीलाई कारबाहीको माग राख्दै प्रर्दशन

दमक ,१ जेठ । भ्रष्टाचारीलाई कारबाहीको माग राख्दै दमकमा प्रदर्शन गरिएको छ । भ्रष्टाचारमा संलग्नलाई हदैसम्मको सजायको माग राख्दै राप्रपा निकट युवा तथा विद्यार्थीहरुले दमकमा सोमबार प्रदर्शन निकाल्नुका  साथै विरोध सभा सम्पन्न गरेको छ ।
भुटानी शरणार्थी प्रकरणमा निष्पक्ष छानबिन गरी दोषीलाई कडा कारबाहीको माग राख्दै प्रर्दशनसहित कोणसभा गरिएको राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक ट्रेड युनियन महासङ्घ दमक नगर समितिका सचिव कमल कटुवालले बताए ।
संक्षिप्त कोणसभामा राप्रपा क्षेत्र न. ५ का अध्यक्ष समेत रहेका दमक ७ का वडाअध्यक्ष भिमप्रसाद पौडेल लगायतकाले नक्कली भुटानी शरणार्थी प्रकरणले सरकार र राजनीतिक दल अन्तर्राष्ट्रिय जगतमा नाङ्गिएको भन्दै विरोध गरे ।
उनीहरूले भ्रष्टाचार विरुद्ध एक जुट हऔं, दोषी कोही नछुटुन् निर्दोष कोही नफसुन् भन्ने प्लेकार्डसहित प्रदर्शनमा उत्रिएका थिए । दमकमा पछिल्लो समय दिनहुँ विभिन्न समूहले भ्रष्टाचारीलाई कारबाहीको माग राख्दै प्रदर्शन गरिरहेका छन् ।

 

Leave a Reply

Your email address will not be published.