नहरमा डुवेर महिलाको मृत्यु

झिलझिले ,१ जेठ । सिचाईको नहरमा डुवेर झापाको शिवसताक्षीमा सोमबार दिउँँसो एक जना महिलाको मृत्युभएको छ ।गाईबस्तु चराउन गएकी स्थानीय २८ बर्षिया कमला राई दिउँसो २ वजे शिवसताक्षी नगरपालिका १० स्थित कनकाई धरधरे नहरमा डुबेर मृत अवस्थामा शव भेटिएको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ । घोप्टो अवस्थामा फेला परेकी राई पानी माथि तैरिएको अवस्थामा भेटिएकी थिइन् ।
नहरको पानीमा डुवेको अवस्थामा स्थानीय चौकीदारले देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.