बालसेवाका पूर्व विद्यार्थीहरु संगठित

धरमपुर,१६ बैशाख । शिवसताक्षी -७फाक्तेप स्थित बालसेवा आधारभूत विद्यालयका पूर्व विद्यार्थीहरु संगठित भएका छन् । शुक्रवार विद्यालयमा आयोजित पूर्व विद्यार्थीहरुको भेलाले फणेन्द्रराज चेम्जोङ्गको अध्यक्षतामा १५सदस्यीय बालसेवा पूर्व बिद्यार्थी मञ्च गठन गरेका हुन् ।
सर्वसम्मत निर्वाचित गठित मञ्चको उपाध्यक्षमा तारा दाहाल खड्का ,सचिवमा जसकुमार तामाङ्ग ,सहसचिबमा दिपक सेर्मा,कोषाध्यक्षमा ममता चेम्जोङ्ग र सदस्य हरुमा क्रमश , उमेश बराइली, ज्ञानु सेर्मा, सुबास चेम्जोङ,कुमार चेम्जोङ ,प्रेम भुर्तेल,खेम सम्बहाम्फे,यामबहादुर राई ,गोबिन्द राई ,पुष्पा मगर र राज सुब्बा रहेका छन् । बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष गोबिन ल्वागुनको अध्यक्षतामा भएको उक्त कार्यक्रममा सहभागी पूर्व बिद्यार्थीहरुले आ–आफ्नो सुझाब सहितको धारणा राखेका थिए । २०३०सालमा स्थापना भएको यस बिद्यालयमा हाल अङ्ग्रेजी माध्यमद्धारा नर्सरीदेखि कक्षा ८सम्म अध्यापन भईरहेको प्रधानाध्यापक बनुप्रसाद कार्कीले बताए ।

Leave a Reply

Your email address will not be published.