झापा ,३ बैशाख । नेपाल चिया बगान श्रमिक संघको केन्द्रीय अध्यक्षमा झापाका दीपक तामाङ पुनः निर्वाचित भएका छन् ।संघको बिर्तामोडमा सम्पन्न सातौं केन्द्रीय महाधिवेशनबाट अध्यक्षमा तामाङ चौथोपटक निर्वाचित भएको निर्वाचन समिति संयोजक लक्ष्मी शिवाकोटीले जानकारी दिए ।
संघको वरिष्ठ उपाध्यक्षमा मिलन राई, महिला उपाध्यक्षमा नर्वदा निरौला, प्रथम उपाध्यक्षमा लोकबहादुर खड्का, द्वितीय उपाध्यक्षमा कमला खनाल र तृतीय उपाध्यक्षमा हेमराज खड्का चयन भएका छन् ।
त्यस्तै महासचिवमा जीवन खड्का, उपमहासचिवमा राम नेम्वाङ र कोषाध्यक्षमा अक्कलबहादुर श्रेष्ठ चयन भएका छन् ।१८ सदस्यीय कार्यसमिति सदस्यमा रेणुका फुयाँल, साविर शेख, लालराज चौहान, सन्तोष करुवा, रामबहादुर मगर लगायत रहेका छन् । नवनिर्वाचित सवै पदाधिकारीलाई नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेले प्रमाणपत्र प्रदान गर्दै सफल कार्यकालको शुभकामना दिएका थिए ।