झापा, २७ चैत । एकै दिन नेपालमा १ सय २४ जना कोभिड संक्रमित भेटिएका छन्।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार सोमबार २ हजार ५६६ जनामा गरिएको परीक्षणमा १२४ जना संक्रमित भेटिएका हुन् । हाल देशभर ४ सय ४४ जना सक्रिय संक्रमित रहेका छन् । यस्तै सोमबार २९ जना संक्रमित संक्रमणमुक्त भएका छन् ।
सक्रिय संक्रमितमध्ये हाल २१ जना संक्रमित संस्थागत आइसोलेसनमा छन्। १० जना संक्रमितको आइसियु र ४ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ । त्यस्तै, सोमबार २९ जना कोरोनाबाट निको भएर घर फर्किएका छन् । कोरोना भाइरसको सङ्क्रमण बढेसँगै मन्त्रालयले कोरोना भाइरसविरुद्धको पहिलो मात्रा, दोस्रो मात्रा र बुस्टर डोज लगाउन सबैलाई आग्रह गरेको छ ।