मोरङ,१७ चैत । मोरङको रंगेली नगरपालिका – २ खोरिया टोलको लिच्ची बगानमा प्रेमी र प्रेमिकाको शव झुण्डिएको अवस्थामा फेला परेको छ । स्थानीय इश्वरी कृषि फर्मको लिच्ची बगानमा झुण्डीएको अवस्थामा आज दिउँसो साढे १२ दुई वटा शव भेटिएको हो ।
रंगेली नगरपालिका २ खोरियाटोल घरका भएका १८ वर्षीया सन्जय उराउ र बेलबारी नगरपालिका २ थापा टोलकी १७ वर्षीया ललिता उराउ लिचीको बोटमा झुण्डिएको अवस्थामा शव भेटिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रन्जन कुमार दाहालले जानकारी दिए । मृतक ललिता र सन्जय प्रेमि– प्रेमिका हुन् । ललिता एक महिना अगाडी सन्जयको घरमा आएर बस्दै आएकी थिइन् ।
लिचीको बोडमा झुण्डिएको अवस्थामा शव स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । अहिले घटनास्थलमा इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक चन्द्र बहादुर खड्काको नेतृत्वमा टोली पुगेर घटनाको थप अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।