दमक,१२ चैत । नेपाल प्रेस युनियनले दमक नगरपालिकालाई सञ्चारमाध्यमको पेशागत हित सम्बन्धी विभिन्न छ बुदे माग राखेर ज्ञापनपत्र बुझाएको छ ।युनियन माइपश्चिम क्षेत्रीय समितिले आइतवार नगर प्रमुख रामकुमार थापालाई भेटेर ज्ञापनपत्र बुझाईएको युनियनका क्षेत्रीय अध्यक्ष बिष्णु पौडेलले बताए ।
ज्ञापनपत्र युनियनका कार्यवहाक जिल्ला सभापति गिरीराज भट्टराई,पूर्व क्षेत्रीय अध्यक्ष बिष्णु सुब्बा,क्षेत्रीय अध्यक्ष विष्णु पौडेलले बुझाएका थिए ।ज्ञापनपत्रमा स्थानीय सञ्चार माध्यमहरुलाई बलियो बनाउन यसअघिको स्थानीय सरकारले दिदैं आएको बार्षिक अनुदान अंकमा थप गरी निरन्तरता दिइनु पर्ने,सूचना तथा सञ्चारका क्षेत्रमा स्थानीय सरकारको लगानी विभेदमुक्त ढंगबाट पारदर्शी , परिणाममुखी र प्रभावकारी बनाइनु पर्ने उल्लेख छ ।
युनियनको ज्ञापनपत्रमा भनिएको छ , –‘नगरपालिकाबाट जारी गरिने हरेक सूचना-विज्ञापन अनिवार्य रुपमा स्थानीय सञ्चार माध्यमहरुलाई समानुपातिक रुपमा वितरण गरिनुपर्ने ,नगरपालिकाबाट प्रमुख , उपप्रमुखस्तरीय र वडास्तरबाट समेत भए गरेका निर्णयहरु तत्काल स्थानीय सञ्चार माध्यम तथा आधिकारिक वेबसाइट र फेसबुक पेजमार्फत सार्वजनिक गरिनुपर्ने तथा चालू आर्थिक बर्षमा अहिले सम्म निर्णय भएर पनि सार्वजनिक नगरिएका कतिपय निर्माण योजना, सामाजिक बिकासका गतिबिधि, आम्दानी खर्चको विवरण लगायत आम नागरिकलाई सूसूचित गरिनुपर्ने बिषयहरु लिपिबद्ध गरी जस्ताको तस्तै सार्वजनिक गरिनु पर्ने उल्लेख गरिएको छ ।’
यसैगरि,सञ्चार सम्बद्ध तथा मिडिया कम्पनी÷ फर्म ÷ संस्थाहरु समेतलाई प्रतिस्पर्धाका आधारमा पारदर्शी रुपमा तिनका उद्धेश्य, विधान र नीति नियम भित्र रही सञ्चालन गर्न पाउने सामाजिक बिकासका कार्यक्रमहरु समेत सञ्चालन गर्न पाउने व्यवस्था गरिनुपर्ने लगायतका माग समेटिएको ज्ञापनपत्रमा उल्लेख छ ।ज्ञापनपत्र बुझ्दै नगर प्रमुख थापाले युनियनले उठाएका पेशागत तथा जनसरोकारका विषयहरु प्रति नगरपालिका गंभीर भएको बताए ।