दमक, ४ चैत । यहाँस्थित हिमशिखर टेलिभिजनका संचालक समेत रहेका सञ्चार उद्यमी ध्रुवप्रसाद न्यौपानेलाई पितृशोक परेको छ । उनका ८५ बर्षिय पिता श्रीप्रसाद न्यौपाने (शारदा गिरी ) को शुक्रवार राति १२.४० बजे निधन भएको हो । आजनै उनको पार्थिव शरीरलाई दमकबाट शवयात्रा गरि शिवसताक्षी ३ पारावारीस्थित सन्यास मार्ग धारण सुरु भएको स्थानमा अन्त्येष्टि गरिएको छ ।
स्व. न्यौपानेका छोराहरु ध्रुवसहित , सहकारीकर्मी तुलाराम न्यौपाने , होटल व्यवसायी भुपेन्द्र न्यौपाने र तुलसी न्यौपाने छ जना छोराछोरी छन् । तुलाराम जिल्ला बचत तथा ऋण सहकारी संघ झापाका अध्यक्ष हुन् भने भुपेन्द्र होटल व्यबसायी संघ क्षेत्रीय समिति दमकका महासचिब तथा होटल महासंघ केन्द्रीय सदस्य हुन् ।