दमक,२७ फागुन । कोशी प्रदेश खारेजीको माग गर्दै आज साँझ दमकमा आन्दोलनरत पक्षले राकेजुलस निकालेको छ ।प्रदेश १ को नाम ‘कोशी’ पारित गरेसँगै त्यसको विरोधमा उत्रिएको समूहले दमकका विभिन्न ठाउँबाट नाराबाजी गदैं एकै साथ राकेजुलुस निकालेको हो ।
पहिचानको आधारमा प्रदेश न. १ को पुनः नामाङ्कन गर्न माग राख्दै आन्दोलित दल र जातीय संघ–संस्थाहरुको जारी आन्दोलनलाई थप शसक्त बनाउदै भोलि २८ फागुनमा घोषित आमहडताललाई समेत सफल बनाउन उद्देश्यले दबाबमूलक राके जुलुस निकालेको हो ।
चारै तिरबाट समूह बनाएर प्रर्दशनमा उत्रिएका आन्दोलनकारीहरुको राको खोस्न दमक चौंक भरि जनपद तथा शसस्त्र प्रहरी परिचालित गरिएको थियो । आन्दोलनकारीको राको नियन्त्रणमा लिदाँ सामान्य लछारपछार समेत भएको थियो ।
स्थानीय गणतन्त्र चौकमा भेला भएका आन्दोलनकारीहरुले सडक ढाक्ने गरि नारावाजी गर्दा केहिबेर चौंकको मुख्य राजमार्ग अवरुद्ध हुन पुगेको थियो । सडक अवरुद्ध हुदाँ त्यहाँ भएर चल्ने सवारी प्रभावित भएको थियो ।
प्रदेश १ नामाङ्गकन संघर्ष समितिको आव्हानमा आज दमकसहित प्रदेश भरिका मुख्य शहर ,वजारमा राकेजुलुस निकालिएको आन्दोलनकारीको भनाई छ । राके जुलुस अनौपचारिक संक्षिप्त कोणसभामा बोल्दै वक्ताहरुले पहिचान र ऐतिहासिक सम्भयता नामेट हुने गरि प्रदेश नामकरण गरेर इतिहासमाथि आक्रमण गरिएको औल्याएका थिए । कार्यक्रममा पहिचानवादी नेता पे्रमदिप थाम्सुहाङ्ग, धु्रव लावती, देवेन्द्र चेम्जोङ्ग लगायतले बोलेका थिए । आन्दोलनको कार्यक्रम अन्तर्गत भोलि २८ फागुनमा प्रदेशव्यापी आम हडताल आह्वान गरेका छन् भने ५ चैतमा प्रदेश राजधानी विराटनगरमा जनप्रदर्शन गर्ने प्रदेश १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।