भिरबाट लडेर एक बृद्धको मृत्यु

फिदीम, २७ फागुन । फाकफोकथुम १ नम्बर वडाको तमाखे नजिकैको भिरबाट लडेर एक वृद्धको मृत्यु भएको छ । पाँचथर फाल्गुनन्द ५ नम्बर वडास्थित गौडेनी निवासी ७० वर्षीय अकलसिहं नेम्बाङ भिरबाट लडेर मृत्यु भएको फाक्तेप प्रहरी चौकीका इन्चार्ज सोमनाथ ढुंगानाले जानकारी दिए ।
तीन दिन अघिदेखि हराएका मृतक नेम्बाङ शुक्रबार दिउँसो ३ बजे खोजतलास गर्ने क्रममा घुर्बिसे पञ्चमीबाट मजुवा जाने बाटो छेउको भिरबाट करीब एक सय मिटर तल खसेर मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
परिवारमा एक्लो रहेका उनी केही वर्ष अघिदेखि तमाखेमा नाताले बहिनी ज्वाँई पर्ने आफन्तको घरमा बसेर सडक छेउमा गीटी कुट्ने काम गर्दै आएको उनका भतिजा दिलकुमार नेम्बाङले बताए । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published.