आगलागीमा परेर एकै घरका दिदीभाइको मृत्यु

उदयपुर ,२७ फागुन । आगलागीमा परी उदयपुरमा एकै घरका दुई बालबालिकाको मृत्यु भएको छ । उदयपुरको रौतामाई गाउँपालिका वडा नम्बर–८ का रामबहादुर बुर्जा मगरको घरमा आगलागी हुँदा उनकी ६ वर्षीया छोरी जस्मिन र छोरा २ वर्षीय रोजनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
शुक्रबार साँझ घरमा बिजुली सर्ट भएर आगलागी भएको थियो ।आगलागीबाट घर र सामान जल्दा १० लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।

Leave a Reply

Your email address will not be published.