दमक,२६ फागुन । दमक उद्योग वाणिज्य संघले आफना निवर्तमान अध्यक्ष गोकुल श्रेष्ठलाई नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यका उम्मेदवार बनाउने भएको छ ।
संघको आज सम्पन्न कार्यसमितिको बैठकले श्रेष्ठलाई महासंघको केन्द्रीय सदस्यमा उम्मेदवार बनाउने निर्णय गरिएको अध्यक्ष गोपाल गुरागाईले बताएका छन् । महासंघको आउदो चैत २८ र २९ काठमाण्डौमा नयाँ नेतृत्वका लागि चुनावी साधारणसभा हुदै छ ।
महासंघमा यस क्षेत्रबाट प्रतिनिधित्व गराउन श्रेष्ठलाई उम्मेदवार बनाउने र त्यसका लागि कोशी प्रदेशसहित देशभरिका संघका नेतृत्वकर्ताहरुसंग आवश्यक पहल गर्ने समेत निर्णय भएको उनले बताए । महासंघ अन्तर्गतको कोशी प्रदेश समितिको यहि चैत ९ गते चुनावी साधारणसभा हुदै छ ।
महासंघमा देशभरिका १ सय १८ वटा जिल्ला तथा नगर उद्योग वाणिज्य संघ आवद्ध छन् ।