थिन्दोलुङ खोयाहाङ उत्थान संघमा पुनः रबिनकुमार

दमक ,१४ फागुन । किरात लिम्बू थिन्दोलुङ खोयाहाङ उत्थान संघको केन्द्रीय अध्यक्षमा पुनः रविनकुमार खोयाहाङ चुनिएका छन् । शनिबार झापाको दूधेस्थित भूपू सैनिक संघको सभाहलमा सम्पन्न दोश्रो साधारणसभाको बन्दसत्रले खोयाहाङको अध्यक्षतामा २५ सदस्यीय नयाँ केन्द्रीय कार्य समिति चयन गरेको छ ।
समितिको वरिष्ठ उपाध्यक्षमा टेकेन्द्र खायाहाङ , ४ उपाध्यक्षहरुमा क्रमशः श्रीप्रकाश, खेलबहादुर, राममगन र लालकुमार खोयाहाङ,महासचिवमा प्रेमकुमार , उपमहासचिवद्वयमा सुखमाया सम्बाहाम्फे खोयाहाङ र खड्कबहादुर खोयाहाङ चयन भएका छन् ।
संघको सचिवत्रयमा क्रमशः बुद्धिराज, ईन्द्रबहादुर र बेनुका खोयाहाङ चयन भए भने कोषाध्यक्षमा ईन्द्रादेवी तामाङ खोयाहाङ नै दोहोरिएकी छन् ।त्यसैगरी सदस्यहरुमा क्रमशः मनकुमार, रामकुमारी, शर्मिला, रामबहादुर, रुद्रबहादुर, रोशन, निर्मला, मिलन, पूर्णबहादुर खोयाहाङ चयन भएका हुन् ।
संस्थाको संरक्षकमा दङ्गधोज खोयाहाङ चयन भए भने केन्द्रीय सल्लाहकार परिषदको सभापतिमा सुरेन्द्रकुमार खोयाहाङ, सचिवमा नीरबहादुर खोयाहाङ र सदस्यहरुमा क्रमशः चन्द्रमान खोयाहाङ र अम्बिका योङहाङ खोयाहाङ चयन भएका हुन् ।
साधारणसभाको खुला सत्रमा संघका सल्लाहकार संयोजक दङ्गध्वज खोयाहाङ, निरबहादुर खोयाहाङ, राम मगन खोयाहाङ (सिक्किम ), केन्द्रीय सदस्य पुष्पा बोखिम खोयाहाङलगायतले आ–आफनो धारणा राखेका थिए ।
त्यस अवसरमा बक्ताहरुले वंश उत्थान कार्यमा सबैले मन खोलेर आर्थिक, भौतिक र नैतिक सहयोग गर्नुपर्नेमा जोड दिएका थिए ।कार्यक्रमका बीच संघको आजीवन सदस्यहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो भने हाल दुबइमा कार्यरत पूर्ण खोयाहाङले संघलाई एक थान कम्प्युटर उपलब्ध गराएका थिए ।
संघको सांगठानिक प्रतिवेदन महासचिव प्रेमकुमार खोयाङले प्रस्तुत गरेका थिए । जारी प्रतिवेदनमा थिन्दोलुङ खोयाहाङको उदगम थलो ताप्लेजुङ जिल्लाको डुम्रिसे रहेको उल्लेख छ ।
प्रतिवेदनमा उल्लेख भए अनुसार अक्षयकोषमा ६ लाख ५६ हजार ७ सय २५ र सघन उपचार तथा आकस्मिक कोषमा १ लाख ८७ हजार ५ सय ६० रूपैयाँ जम्मा भएको छ ।
उपाध्यक्ष टेकेन्द्र खोयाहाङले संघको आर्थिक प्रतिवेदन पेश गरेका थिए । सभाले दुवै प्रतिवेदन सुझाव सहित पािरत गरेको थियो ।संस्थाकी कोषाध्यक्ष इन्द्रदेवी खोयाहाङले स्वागत गरेको कार्यक्रममा संघका अध्यक्ष रबिन खोयाहाङको अध्यक्षता रहेको थियो ।
देश विदेशमा गरी ५ सय घर परिवारमा छरिएका करिब २ हजार सख्यामा थिन्देलुङ खोयाहाङ रहेको पूर्व महासचिव बुद्धिमान खोयाहाङले जानकारी दिए ।हाल ताप्लेजुङको डुम्रिसे, सेःवरक, खेसे, सदामचोक, धनकुटाको सिन्धुवा, परेवादेन, छथर जोरपोखरी, झापा, मोरङ, सुनसरी, काठमाडौं उपत्यकालगायत भारतको सिक्किम, दार्जिलिङ, बेलायत, अमेरिका, थाइल्याण्डमा खोयाहाङहरुको बसोबास रहेको छ ।

Leave a Reply

Your email address will not be published.