जसपाका सांसद रहमानको निधन

झापा,१३ फागुन। झापा निवासी जनता समाजवादी पार्टी नेपालका प्रतिनिधिसभा सदस्य सहनाज रहमानको निधन भएको छ ।जसपाका नेता अमरेन्द्र यादवका अनुसार पार्टीका केन्द्रीय सदस्य समेत रहेकी समानुपातिक सांसद रहमानलाई ह्रदयघातका कारण निधन भएको हो ।

भक्तपुरको एक पिकनिक कार्यक्रममा गएको बेला अचानक मुटु दुख्न थालेपछि उनलाई भक्तपुरकै एक अस्पतालमा भर्ना गरिएको थियो ।उपचारको क्रममा उनको निधन भएको नेता यादवले बताए ।

Leave a Reply

Your email address will not be published.