झापा ,१३ फागुन ।नेकपा एमालेले केन्द्रीय सदस्य समेत रहेका दुर्गा प्रसाईंलाई निष्कासन गरेको छ।शनिबार ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा बसेको सचिवालयको बैठकले प्रसाईंलाई निष्कासन गर्ने निर्णय गरेको पार्टीका प्रवक्ता एवं उपमहासचिव पृथ्वीसुब्बा गुरूङले जानकारी दिए।
बैठकपछि पत्रकारसँग कुराकानी गर्दै उनलाई पार्टीबाट निष्कासित गर्ने निर्णय भएको बताए।पछिल्लो समय उनी नागरिक बचाउ अभियानमा लागेका थिए। उनले एमाले अध्यक्ष केपी शर्मा ओलीको पनि सार्वजनिक रूपमा टिप्पणी गरेका थिए। ओलीले पनि उनको गतिविधिबारे पानीको लेभल मिल्दै जाने बताएका थिए।