दउवासंघको निर्वाचनमा लोकतान्त्रिक समूह अगाडी

दमक,६ माघ । दमक उद्योग वाणिज्य संघको निर्वाचनको जारी मतपरिणाम अनुसार संयुक्त लोकतान्त्रिक व्यवसायी समूह अगाडी देखिएको छ । निर्वाचन समितिले भर्खरै पदाधिकारीतर्फ ३ सय मतगणनामा लोकतान्त्रिक समूह अगाडी देखिएको हो । जसअनुसार अध्यक्षमा लोकतान्त्रिकबाट अध्यक्षका उम्मेदवार देवी प्रसाद गुरागाईं (गोपाल ) ले १७८
मत ल्याएर अग्रता कायम राखेका छन् । उनले शुरुवाती क्रमदेखि अग्रता लिएका थिए । उनका प्रतिष्पर्धी एमाले निकट प्रगतिशील समूहका बिमल खतिवडाले १२० मत पाएका छन् ।
यस्तै वरिष्ठ उपाध्यक्षमा लोकतान्त्रिककै राजु खड्का (१६० ) मत ल्याई अगाडी छन् भने प्रगतिशीलका राजन दंगालले १२८ मत पाएका छन् । यस्तै,प्रथम उपाध्यक्षमा प्रगतिशीलका भरत चम्लागाई १५४ , लोकतान्त्रिकका राजकुमार योङ्गया १३७, द्वितिय उपाध्यक्षमा प्रगतिशीलकी बिन्दु सिटौला ११६, लोकतान्त्रिका ज्ञाननाथ पौडेल १७६ र तृतीय उपाध्यक्षमा प्रगतिशीलका असिम राई ११० र लोकतान्त्रिकका रुबल अधिकारीले १८० मत ल्याई अग्रता हासिल गरिआएका छन् ।यसैगरि, कार्यसमिति सदस्य, महिला सदस्य तथा लेखा संयोजकमा समेत लाकतान्त्रिक समूहका उम्मेदवारनै अगाडी छन् ।
संघको नयाँ नेतृत्वका लागि आज निर्वाचन भएको थियो । निर्वाचनमा २०१६ मध्ये १६८९ मत खसेको थियो ।

Leave a Reply

Your email address will not be published.