खनाल सेवा समिति दमकको नयाँ नेतृत्व

दमक,३० पुस । खनाल सेवा समिति दमक नगर समितिको नयाँ नेतृत्व चयन भएको छ । आज सम्पन्न आफ्नो तेस्रो साधारण सभाले तीन जना ज्येष्ठलाई सम्मान गर्नुका साथै नयाँ कार्यसमिति चयन गरेको हो ।
यसरी सम्मानितहुनेहरुमा ज्येष्ठ बुबा दुर्गा प्रसाद खनाल , ज्येष्ठ आमा मैना देवी खनाल र उत्कृष्ट कारोवार गर्ने माधवमणि खनाल रहेका छन् ।खनाल सेवा समितिका संस्थापक अध्यक्ष पुष्प कुमार खनालको प्रमुख आतिथ्यतामा भएको साधारणसभाको बन्दसत्रले लीलानाथ खनालको अध्यक्षतामा नयाँ कार्यसमिति समेत गठन गरेको हो ।
सर्वसम्मत गठित समितिको सचिवमा शारदा खनाल , कोषाध्यक्षमा चुडामणि खनाल रहेका छन् भने सदस्यहरुमा अभिनारायण खनाल, माधवमणि खनाल,गोमा खनाल,चुडाराज खनाल,कुमार खनाल र निरु खनाल रहेका छन् । नव निर्वाचित समितिलाई खनाल सेवा समितिका जिल्ला उपाध्यक्ष बद्रिप्रसाद खनाल,खनाल संरक्षण समितिका सदस्य अम्विका प्रसाद खनाल,खनाल महिला मञ्च दमककी अध्यक्ष बिन्दा खनालले शुभकामना दिएका थिए।
लीलानाथ खनालको अध्यक्षतामा भएको साधारणसभामा खनाल सेवा समितिका झापाका जिल्ला अध्यक्ष तेज प्रसाद खनाललगायतको उपस्थिति रहेको थियो।साधारणसभामा खनाल सेवा समितिका सचिव ओम प्रसाद खनालले प्रस्तुत गरेको संस्थाको बार्षिक कार्य प्रगती प्रतिबेदनलाई पारित गरेको थियो ।

Leave a Reply

Your email address will not be published.