‘दउवा’ संघको निर्वाचन : महिला उपाध्यक्षमा शुष्मा निर्विरोध

दमक,३० पुस । दमक उद्योग बाणिज्य संघको महिला उपााध्यक्ष पदमा शुष्मा निरौला केसी निर्विरोध निर्वाचित भएकी छन् ।आज शनिवार भएको उम्मेदवार विरुद्ध दावी विरोधमा आफना प्रतिष्पर्धी लोकमाया ढुंगानाको उम्मेदवारी खारेजी भएपछि उनी निर्विरोध निर्वाचित भएकी हुन् । वाणिज्य संघको विधानत उम्मेदवार ढुंगानाको उम्मेदवारी अयोग्य ठहरिएपछि उनको उम्मेदवारी खारेजी गरिएको निर्वाचन समितिका संयोजक लीला गुरागाईले बताए ।
उनका अनुसार ढुंगानासहित तीन जना उम्मेदवार विरुद्ध दावी विरोध परेको थियो । अन्य दुई जना विरुद्धको दावी विरोध भने संघको विधानत दावी विरोध योग्य नभएको भन्दै खारेजी गरिएको उनले बताए ।
विधानत पदाधिकारीको उपाध्यक्ष पदमा उम्मेदवार हुनका लागि कम्तीमा ५ वर्ष फर्म नविकरण भएको हुनुपर्छ । तर उम्मेदवार ढुंगानाको फर्म नविकरण भएको ३ वर्ष मात्र उल्लेख छ । त्यही विधान अनुसार उम्मेदवार ढुंगानाको उम्मेदवारी अयोग्य ठहरिएको निर्वाचन समितिले जनाएको छ ।
निर्विरोध निर्वाचित निरौला यसअघि संघको कार्यसमिति सदस्य हुन् । उनी अध्यक्षका उम्मेदवार देवीप्रसाद गुरागाई (गोपाल) को प्यानलबाट उम्मेदवारी दर्ता गरेकी थिइन् । निर्वाचन समितिका अनुसार माघ १ गतेसम्म उम्मेदवारी फिर्ताको समय छ । सो अवधि सम्म आवश्यक भन्दा बढी उम्मेदवारी दिएका पदहरुमा माघ ६ गते मतदान हुने जनाईएको छ ।

Leave a Reply

Your email address will not be published.