बाह्रदशीमा ट्रयाक्टरले किचेर बालकको मृत्यु

झापा,३० पुस । ट्रयाक्टरले किचेर शनिवार झापाको बाह्रदशीमा एक बालकको घटनास्थलमै मृत्यु भएको छ ।जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी बसन्त पाठकका अनुसार मृत्यु हुनेमा बाह्रदशी गाउँपालिका–६ निवासी पूर्णबहादुर खातीका ४ वर्षीय छोरा फडिन्द्र खाती रहेका छन् । शनिवार दिउँसो डेढ बजे राजगढ– चारपाने सडकखण्ड अन्तर्गत बाह्रदशी–६ स्थित बाह्रदशीडाँडा नजिकै दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको प्र–१–०१–००१ त ८९५९ नम्बरको इँटा लोड भएको ट्रयाक्टरले बाटो काट्दै गरेका पैदलयात्री बालक खातीलाई ठक्कर दिएको प्रहरीले जनाएको छ । ट्रयाक्टरको अगाडिको चक्काले किच्दा बालकको घटनास्थलमै मृत्यु भएको हो ।
ट्रयाक्टर तथा ट्रयाक्टर चालक पाँचथर जिल्ला हिलिहाङ गाउँपालिका– ३ निवासी २६ वर्षीय विवेक मेन्याङबो लिम्बूलाई इलाका प्रहरी कार्यालय बिर्तामोडले नियन्त्रणमा लिएको छ ।

Leave a Reply

Your email address will not be published.