दमक,२९ पुस । नेपाल शिक्षक संघ कमल गाउँ पालिकाको अध्यक्षमा पुनः हेमकुमार श्रेष्ठ चुनिएका छन् । आज शुक्रवार सम्पन्न संघको दोश्रो गाउँ अधिबेशनले कमल २ स्थित महेन्द्ररत्न माविका शिक्षक श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको हो । सर्वसम्मत निर्वाचित समितिको महिला उपाध्यक्षमा बाबरी बान्तवा, खुल्ला उपाध्यक्षमा दुर्गाप्रसाद चापागाई, सचिवमा लक्ष्मी प्रसाई, अर्थसचिवमा तान्छोहांग लावती, सहसचिवमा भाग्कुमार बस्नेत र अर्थसहसचिवमा महेश रिजाल लगायत चुनिएका छन् ।
कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईको प्रमुख आतिथ्यतामा सम्पन्न अधिबेशन उद्घाटनमा संघका अग्रज प्रकाश भण्डारी, बद्री कार्की लगायतको उपस्थिति रहेको थियो । यस्तै, अधिबेशनले जिल्ला प्रतिनिधिहरु समेत चयन गरिएको थियो ।