चुलाचुलीमा नाटक प्रकृतिको मञ्चन

चुलाचुली,१४ पुस । चुलाचुली रंगमञ्चको नाटक प्रकृतिको मञ्चन सम्पन्न गरेको छ ।नाटक प्रकृति इलामको चुलाचुली गाउँपालिका वडा नम्बर २ स्थित रहेको जनता मावि, बाह्रगोठे र श्री पञ्चकन्या आधरभूत विद्यालयमा अन्तिम मञ्चन गरिएको थियो ।
नाटक हेर्नका लागि चुलाचुली २ का वडा अध्यक्ष लक्षुमण श्रेष्ठ, वडा सदस्य राज लिम्बू र हर्क लिम्बू लगायतको उपस्थिति रहेको थियो ।
कौशी थिएटर काठमाण्डौंको सहयोगमा निर्माण भएको नाटकले किशोरी अवस्थामा हुने किशोरीहरुको रजोसल्ला लगायतका विषयमा समाजले बुझेको गलत संस्कृतिवाट उत्पन्न समस्यालाई नाटक मार्फत कलाकारहरुले चित्रण गरेको छ ।
रमिता राईले निर्देशन गरेको नाटक प्रकृतिमा कलाकारहरु मिलन कोयु राई,शोभा राई , कुसुम सम्वाहाम्फे,सम्झना राई ,शिखा लिम्वू ,अनुषा लाम्गाद,लक्ष्मी दर्जी र सन्ध्या गदाल लगायतका अभिनय गरेका छन् ।

Leave a Reply

Your email address will not be published.