इष्टर्न स्टार अंग्रेजी बोर्डिङ स्कूलले मनायो आफनो २८ औ स्थापना दिवस (फोटोफिचर )

दमक ,२ पुस । दमक -७ मा रहेको इष्टर्न स्टार अंग्रेजी बोर्डिङ स्कूलले आज विभिन्न कार्यक्रम गरि आफनो २८ औ स्थापना दिवस मनाएको छ ।स्कूलमा एक कार्यक्रम गरि अन्तरसदनात्मक नृत्य प्रतियोगितासहित विज्ञान तथा खाद्यपरिकारको प्रर्दशनी लगायतका मनोरञ्जनात्क कार्यक्रमहरु गरि स्थापना दिवस मनाइएको हो ।
दमक ७ का वडाअध्यक्ष भिमप्रसाद पौडेलको प्रमुख आतिथ्यतामा भएको स्थापना दिवस विशेष कार्यक्रममा स्कूलमा अध्ययनरत विद्यार्थीहरुले विज्ञानका सामाग्रीहरु प्रर्दशनी गर्नुका साथैं खाद्यपरिकारहरु समेत तयार गरि प्रर्दशनी गरिएको विद्यालयका प्रिन्सीपल एलडी सोताङ राईले जानकारी दिए । उनका अनुसार विज्ञान प्रर्दशनी एक दर्जन स्टल र फूडफेस्टिवलतर्फ तीन वटा स्टल राखिएका थिए । ती दुवै प्रर्दशनीमा विद्यार्थी,अभिभावकहरुले उत्साहका साथ अवलोकन गरेका थिए ।कक्षा ७ देखि कक्षा १० सम्मका विद्यार्थीहरुले विज्ञान तथा सेलरोटी,मोमो लगायतका खाद्यपरिकारहरु फेस्टिवलमा प्रर्दशनीका रुपमा राखेका थिए ।
नर्सरीदेखि कक्षा २ का भाइवहिनीहरुले स्वागत गीत गाएर शुभारम्भ गरिएको स्थापना दिवस कार्यक्रममा प्रतियोगितात्मक अन्तरसदनात्मक सेकेन्डरी तहको लोक नृत्यतर्फ गंगालाल प्रथम, भानुभक्त द्धितीय , यलम्बर तृतीय र पासाङल्यामु हाउस चौथो भएको थियो ।

त्यस्तै, लोयर सेकेण्डरीतर्फ राष्ट्रिय गीतमा गंगालाल प्रथम, पासांग ल्यामु दोश्रो, यलम्बर तेश्रो र भानुभक्त सदन चौथो भए भने प्राइमेरी आधुनिक नृत्यतर्फ गंगालाल प्रथम,यलम्बर दोश्रो र भानुभक्त तथा पासांग ल्यामु सदन तेश्रो भएको थियो ।
यसैगरि, सेकेण्डरी तर्फ नृत्यमा गंगालाल प्रथम, भानुभक्त दोश्रो ,यलम्बर तेश्रो र पासांग ल्यामु तेश्रो भए भने लोयर सेकेण्डरी राष्ट्रिय नृत्युमा गंगालाल पहिलो, पासांग ल्यामु दोश्रो , यलम्बर तेश्रो र गंगालाल तेश्रो भएको थियो । यसैगरि, प्राईमेरी आधुनिक नृत्यमा गंगालाल पहिलो ,यलम्बर दोश्रो र भानुभक्त तथा पासांग ल्यामु सदन तेश्रो भएको थियो ।प्रतियोगिताका विजयी सदनका विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो ।
२०५१ सालमा स्थापना भएको सो विद्यालयले आफनो स्थापना दिवस बर्सेनी विबिध कार्यक्रमहरु गरि मनाउदैआएको विद्यालयका सहायक प्रिन्सीपल घनश्याम कोइरालाले बताए । स्थापना दिवस कार्यक्रममा विद्यार्थीहरु, अभिभावक तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published.