न्यौपानेलाई तरुण दल झापाको जिम्मेवारी

दमक ,२२ कार्तिक । नेपाल तरुण दल झापाका उपसभापति राजकुमार न्यौपानेले कार्यवहाक सभापतिको जिम्मेवारी पाएका छन् । तरुण दलका जिल्ला सभापति गोपाल तामाङ झापा क्षेत्र न. १ बाट प्रदेश सभा (१ )बाट उम्मेदवार भएपछि उनले उपसभापति न्यौपानेलाई कार्यवहाक सभापतिको जिम्मेवारी दिएका हुन् । तरुण दल कांग्रेसको भातृ संस्था हो ।
यसैवीच तरुण दल झापाको कार्यवहाक सभापतिका जिम्मेवारी पाएका न्यौपानेले आसन्न मंसिर ४ गते हुन गइरहेको आमनिर्वाचनमा गठबन्धनका साझा उम्मेदवाररुलाई जिताउने गरि जिल्लाका सवै तरुणहरुलाई परिचालित गर्ने प्रतिवद्धता जनाएका छन् ।

Leave a Reply

Your email address will not be published.