लामिछानेलाई फाल्गुनन्द सहकारी पत्रकारिता पुरस्कार

दमक, २१ मंसीर । दमक ६ स्थित फाल्गुनन्द बचत तथा ऋण सहकारी संस्थाले वितरण गर्ने फाल्गुनन्द सहकारी पत्रकारिता पुरस्कारबाट यसवर्ष पत्रकार बिमल लामिछाने पुरस्कृत हुने भएका छन् ।
मंसीर ५ गते हुने संस्थाको ११ औ बार्षिक साधारणसभाको उद्घाटनमा पत्रकार लामिछानेलाई सो पुरस्कार वितरण गरिने अध्यक्ष पदम लिङदेन (संकल्प ) ले जानकारी दिए । पुरस्कारको राशी नगद रु १० हजार १ सय ११ र ताम्रपत्र रहेको छ ।
दुई दशक बढी समयदेखि पत्रकारितामा क्रियाशील लामिछाने वीटन्यूज अनलाइनका सञ्चालक तथा नेपाल पत्रकार महासंघ प्रदेश १ का कोषाध्यक्ष हुन् ।
सहकारीका क्षेत्रमा कमल चलाउने एक जना पत्रकारलाई बर्षेनी आफनो साधारणसभामा पुरस्कृत गरिआएको छ ।

Leave a Reply

Your email address will not be published.