झापा,२१ कार्तिक । चुनावको मुखैमा जनता समाजवादी पार्टी (जसपा )का दुई केन्द्रीय नेताले पार्टी छाडेका छन् ।झापा, कमल गाउँपालिका ६ निवासी जसपा राजनीतिक समिति सदस्य नित्यानन्द ताजपुरीया र केन्द्रीय सदस्य मोहितलाल कामतीले जसपा छाडेका हुन् ।
आदिवासी जनजाति महासंघका पूर्वकेन्द्रीय महासचिवसमेत रहेका ताजपुरीया जापाका परिचित नेता हुन् । उनी पहिचानको राजनीति गर्दै आएका छन् । ताजपुरीया र कामतीले सोमबार एक विज्ञप्ति जारी गर्दै पार्टीको साधरण सदस्यसमेत नरहने घोषणा गरेका हुन् । चुनावको मुखमा पार्टी छाड्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।