शान्तिपुरमा चुम्लुङ कमलको कार्यालय उद्घाटन

दमक,१९ कार्तिक । किरात याक्थुङ चुम्लुङ कमलले आजदेखि आफनो कार्यालय सञ्चालनमा ल्याएको छ । शनिवार कमल गाउँपालिका वडा न. ४ स्थित शान्तिपुर चौकमा एक कार्यक्रम गरि चुम्लुङले औपचारिक रुपमा कार्यालय सञ्चालनमा ल्याएको चुम्लुङ कमलका अध्यक्ष दिपस लिम्बूले बताए ।
कार्यालयको किरात याक्थुङ् चुम्लुङ झापाका अध्यक्ष सेसेहाङ फियाकले उद्घाटन गरे । उद्घाटनका क्रममा अध्यक्ष फियाकले शुभकामना मन्तव्य राख्दै किरात याक्थुङ चुम्लुङ संक्षिप्त रुपमा संस्थागत चिनारी र अहिलेसम्म चुम्लुङ्ले गर्दै आएका लिम्बु –याक्थुङ् जातिहरुको हक, हितका बारेमा चर्चा गरेका थिए ।
उनले यहि मङ्सिर ४ गते सम्पन्न हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा जाति र पार्टी भन्दा माथि उठेर किरात याक्थुङ् चुम्लुङ्ले उठाएका एजेण्डाहरु आफ्नो चुनावी घोषणा पत्रमा समेट्ने र प्रतिबद्धता व्यक्त गर्ने उम्मेद्वारलाई आफ्नो अमूल्य मत दिनु पर्नेमा जोड दिए ।
कार्यक्रममा कियाचु कमलका सल्लाहकार सदस्य विरेन्द्र याक्थुङ्बा,कियाचु वडा न.३ का अध्यक्ष हिमाल बेघा, वडा न. ४ का अध्यक्ष प्रल्हाद खेवा, उपाध्यक्ष पद्म कुमारी चेम्जोङ, वडा न.५ का सचिव यामप्रकाश लिम्बू, वडा न.७ का अध्यक्ष सुहाङ्मा लिम्बू र सचिव चन्द्र लिम्बू लगायतले उठाएका जिज्ञासाहरु राखेका थिए ।
कियाचु कमल गाउँ शाखा उपाध्यक्ष अम्मर मावोहा स्वागत मन्तव्य राखेका थिए भने सञ्चालन सचिव शुक्र लावतीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published.