दमक ,२७ असोज । यहाँस्थित इलाका प्रहरी कार्यालय दमकले ६७ औं प्रहरी दिवसको अवसर पारेर विहिबार यहाँ आयोजना गरेको रक्तदान कार्यक्रममा १०१ पिन्ट रगत संकलन भएको छ ।
इलाका प्रहरी कार्यालयको परिसरमा भएको खुला रक्तदानमा ५ महिलासहित १०१ जनाले रगतदान गरेको दमक प्रहरी प्रमुख डिएसपी दिलीपकुमार गिरीले बताए ।
नेपाल रेडक्रस सोसाईटी दमक उपशाखाको रक्तसञ्चार सेवा केन्द्रको प्राविधिक सहयोगमा भएको रक्तदानमा प्रहरीसहित स्थानीय सामाजिक संघसंस्थाका अगुवासहित मिडियाकर्मीहरुको सहभागिता रहेको थियो ।
डिएसपी गिरीका अनुसार रक्तदान गर्नेमा ४८ जना इप्रका मातहतका प्रहरी तथा अन्य ५३ जना आम नागरिक रहेका थिए ।