गौरादह, २६ असोज । नेपाली कांग्रेसका युवा नेता समेत रहेका पत्रकार आत्माराम राजवंशीले पार्टीको झापा क्षेत्र नं. ५ प्रदेश (क) का कार्यवाहक सभापतिको जिम्मेवारी पाएका छन् ।
कांग्रेस प्रदेश (क) कार्यसमितिका सभापति जीवनकुमार राईको अध्यक्षतामा बुधबार बसेको बैठकले प्रदेश उपसभापति रहेका राजवंशीलाई कार्यवहाक सभापतिको जिम्मेवारी दिएको हो । सभापति राई आसन्न मंसिर ४ गते हुनगइरहेको आमनिर्वाचनमा प्रदेशसभा सदस्यका लागि उम्मेदवार भएपछि पार्टीको कार्यसम्पादनमा सघाँउ पुरयाँउन राजवंशीलाई पदीय कार्यवहाक दिईएको कांग्रेसले जनाएको छ ।
आजनै कांग्रेससहित सत्तारुढ गठबन्धनका स्थानीय नेतृत्वले आफना साझा उम्मेदवारहरुलाई जिताउन उद्देश्यले प्रदेश (क) स्तरिय विभिन्न उपसमितिहरु गठन गरिएको कार्यवहाक सभापति राजवंशीले बताएका छन् ।