दमक,१७ असोज । नेपाली कांग्रेस दमक नगर सभापति प्रकाश प्रसाई पितृ शोक परेको छ । उनका ८१ बर्षिय पिता कोमल प्रसाईको आज साँझ ६ .४५ वजे उपचारका क्रममा काठमाडौस्थित मनमोहन कार्डियोथोरासिस भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा निधन भएको हो ।उनी लामोसमयदेखि श्वासप्रश्वास सम्बन्धी रोगबाट पीडित थिए ।
शिक्षासेवीका रुपमा चिनिएका स्व. प्रसाईका छोरा प्रकाशका श्रीमती रेगिना भट्टराई प्रसाई दमक नगरपालिकाकी उपप्रमुख हुन् ।
तेह्रथुम जिल्लाको आठराई गाउँपालिका ४ मा बुबा स्व. रत्नलाल प्रसाईं तथा आमा स्व. धनमाया मैनाली प्रसाईको कोखबाट जन्मिएका उनी परिवारसहित दमक नगरपालिका वडा न. १ मा स्थायी बसोबास गरिआएका थिए ।
प्रसाईं ट्रष्ट कल्याणकारी कोषका वरिष्ठ उपाध्यक्ष लगायत विभिन्न सामाजिक संघसंस्थाहरुमा आवद्ध स्व.प्रसाईका श्रीमती सुमित्रा चुडाल प्रसाई ,दुई छोरा मिलन र प्रकाश तथा छोरी लक्ष्मी प्रसाईं उप्रेती छन् ।
स्व. प्रसाईको पार्थिव शरीर मंगलवार झापाको कन्काई माई घाटमा विहान ११.३० बजे अन्त्येष्टि गरिने पारिवारिक स्रोतलले जनाएको छ ।