झापा, १७ असोज । काठमाण्डौबाट झापाको गौरीगञ्जतर्फ आउँदै गरेको रात्रि बस हेटौडामा दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने ३४ जना घाइते भएका छन् । मृतक र घाइते अधिकांश पूर्वका रहेका छन् ।
प्रहरीका अनुसार दशैं मान्न घर फर्किनेहरु दुर्घटनामा परेका हुन् । मृत्यु हुनेहरुमा मोरङ बेलबारी नगरपालिका ८ बस्ने ५१ वर्षिया कल्पना राजवंशी र झापा दमक नगरपालिका ५ बस्ने ६० वर्षिय डिल्लीबहादुर दर्जी रहेका छन् । टाउकोमा चोट लागेका दर्जीको बिहान
१ बजे हेटौडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो भने शरीरको बिभिन्न भागमा चोट लागेकी राजवंशीको चुरेहिल अस्पतालमा उपचारको क्रममा बिहान १.४० बजे मृत्यु भएको प्रहरी चौकी रातोमाटेले जनाएको छ । गएराति १२।३० बजे मकवानपुरको हेटौडा उपमहानगरपालिका १५ चुरियामाईस्थित पूर्व–पश्चिम सडकखण्डमा काठमाण्डौबाट गौरीगञ्जतर्फ आउँदै गरेको ना.७ ख २०३२ न.को बस आफै अनियन्त्रित भई नालीमा खस्न गई दुर्घट्ना भएको हो ।
घाइते भई चुरेहिल अस्पताल मकवानपुरमा उपचार हुनेहरुमा बेलवारीकी ३० वर्षिया कविता राजवंशी , सुनसरी ईटहरी ९ खनार बस्ने बर्ष २२ का चन्डिकाप्रसाद दाहाल , धरान १७ बस्ने बर्ष ३८ का सुमन बराईली ,मोरङ सुन्दरहरैचा ६ बस्ने बर्ष अन्दाजी २५ का बिशाल गुरुङ , ललितपुर महालक्ष्मी ८ लुगु बस्ने बर्ष–५० का चक्रबहादुर बस्नेत,उनकी छोरी बर्ष १७ की दिब्या बस्नेत, दमक ५ बस्ने बर्ष ५५ का गंगाप्रसाद ढकाल, ताप्लेजुङ सुकेजा ३ बस्ने बर्ष २४ का टंकबहादुर खड्का, गौरादह ८ बस्ने बर्ष ६५ का गौरनाथ राजवंशी, चुलाचुली १ बस्ने बर्ष ३६ का बिनोद अधिकारी,सोहि वडाका बर्ष २७ का देवीप्रसाद अधिकारी, सोहि वडाकी ४० बर्षिया माया अधिकारी,उनकी छोरी बर्ष १३ की दिब्या अधिकारी, ओखलढुङ्गा मलंगवा ३ बस्ने बर्ष ३६ की ज्ञानकुमारी सुनुवार, उनका श्रीमान बर्ष ४० का सुरेन्द्र राई,, दमक १० बस्ने बर्ष २८ का युवराज ढकाल घाईते भएका छन् । यसैगरि, सिन्धुपाल्चोक जुगल १ बस्ने बर्ष ४२ की दुर्गामाया कार्की, उनकीे छोरी बर्ष २३ की कमला सिलवाल,छोरा बर्ष १८ का अनिष सिलवाल ,अर्जुनधारा ।९ बस्ने बर्ष २७ का रबिन गहतराज, भद्रपुर १० बस्ने बर्ष ३२ का लिलाराज पोख्रेल,मोरङ हरैचा ९ बस्ने बर्ष २८ का बिरेन्द्र खवास,सुनसरी बराहक्षेत्र ११ बस्ने बर्ष २२ का सनि उरम, जिल्ला बझाङ थलरा ३ बस्ने ४० का हर्कबहादुर भण्डारी,उनकी श्रीमती बर्ष ३८ की सुमित्रा भण्डारी, उनका छोरा बर्ष १७ का आविष्कार भण्डारी, जिल्ला उदयपुर कटारी १० बस्ने बर्ष २७ का मेशबहादुर सुनुवार, बराहक्षेत्र११ बस्ने बर्ष २३ का रोहित राई, १९ बर्षिय दिवस ऋषिदेव, भोजपुर पौवातुम्बा १ बस्ने बर्ष २२ की अन्जना राई, झापा गौरीगञ्ज १ बस्ने बर्ष २४ का महेश राजवंशी, दमक १० बस्ने वर्ष ८५ की गीता बास्कोटा, सुनसरी गढी २ बस्ने बर्ष २० की सुस्मिता उराउ,उनकीे छोरी ९ महिनाकी आकृति उराउ, मोरङ सनकपुर १ बस्ने बर्ष २२ का गोबिन्द श्रेष्ठ,ललितपुर थैवा डेरा गरी बस्ने बर्ष ४९ की शान्ति राई सामान्य घाईते भएको प्रहरीले जनाएको छ ।
इलाममा स्कोरपियो र मोटरसाईकल ठोक्किँदा एकको मृत्यु
इलाममा स्कोरपियो र मोटरसाईकल एकापसमा ठक्कर खाँदा एकजनाको मृत्यु भएको छ । हिजो इलाम नगरपालिका–५ बिब्ल्याटेस्थित मेची राजमार्गमा ताप्लेजुङबाट काठमाण्डौं आउँदै गरेको प्र ३ बा ०८८५ नं को स्कोरपियो र बिपरित दिशाबाट जाँदै गरेको प्र १–०१–०१४ प १०६० नं को मोटरसाईकल एक आपसमा ठोक्किँदा मोटरसाईकल चालक इलाम नगरपालिका–४ बस्ने २३ वर्षिय बिशाल राई घाइते भएका थिए ।घाइतेलाई जिल्ला अस्पताल इलाममा उपचारपश्चात् थप उपचारको लागि बिर्तासिटी अस्पताल बिर्तामोड ल्याउन लागिएकोमा उनको बाटोमा नै मृत्यु भएको हो ।