रंगेलीमा ३२ वर्षीय युवाको शव भेटियो, हत्याको आशंका

मोरङ ,१४ असोज । मोरङको रंगेलीमा एक जना युवाको शव भेटिएको छ । मोरङ सुनवर्षी नगरपालिका ४ बटरबारी बस्ने ३२ वर्षीय अशोककुमार यादव धामीको शव भेटिएको छ । घरबाट काम गर्न भनी हिँडेका यादवको आज बिहान मोरङको रङेली बटरवारी जाने भित्री सड्क खण्डमा शव भेटिएको हो ।
प्रहरीका अनुसार यादव असोज १४ गते घरबाट काम गर्ने भनेर प्र.न. १०२०४४ प. ३२६१ नम्बरको मोटरसाइकल लिएर हिँडेका थिए । घरबाट हिँडेको भोलिपल्ट शुक्रवार बिहान सा रङेली बटरवारी जाने भित्री सड्क खण्डको बाटोमा पार्किङ गरी राखी मोटरसाइकल राखेको स्थान बाट अन्दाजी १० र १२ मिटर दक्षिण बाटोमा कोल्टे परी मृत अवस्थामा शव फेला परेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए ।
घटनास्थलमा मोरङ प्रहरीका प्रहरी निरीक्षक पप्पु नायक र इप्रका रंगेलिदेखि अनुसन्धानको लागि प्रहरी टोली परिचालन भएको छ । शव शङ्कास्पद देखिएकाले थप अनुसन्धान गर्न कुकुरसहितको टोली खटिएको छ ।

Leave a Reply

Your email address will not be published.