दमक,१२ असोज । दमक खोला व्यवस्थापन तथा सौन्दर्यकरण मले मूल समिति अन्तर्गत दमक ४ मा स्थानीयको सहभागितामा वेतनी खोला व्यवस्थापन तथा सौन्दर्यकरण समिति गठन गरेको छ ।
स्थानीय जनचेतना आधारभूत विद्यालय परिसरमा मंगलवार भएको जनप्रतिनिधिसहित सरोकारवालाहरुको वृहत भेलाले समुन्द्रा लामाको अध्यक्षतामा २१ सदस्यीय समिति गठन गरेको छ । गठित समितिको द्धयउपाध्यक्षमा सीता पोख्रेल, भिमप्रसाद दहाल, सचिवमा दिपेश दाहाल,सहसचिवद्धयमा विरेन्द्र कार्की,अनिमा तामाङ , कोषाध्यक्षमा प्रेम रुम्वा र सहकोषाध्यक्षमा अनिल मगर चुनिएका छन् ।
यसैगरि सदस्यहरुमा अमर धिमाल ,टिकादेवी न्यौपाने,जयराम भट्टराई ,दुर्गा सिटौला,इन्द्र भट्टराई ,शान्ता लिम्बू ,रोहित आचार्य ,केशेलाल धिमाल,भोज कुमारी ढुङ्गेल,कृष्ण श्रेष्ठ ,रोहित उराव, गंगा धिमाल र अभिषेक धिमाल रहेका छन् ।
दमक ४ का वडाध्यक्ष पूण्य प्रसाद दाहालको अध्यक्षतामा भएको भेलामा मूल समितिका अध्यक्ष रबि वस्नेत,उपाध्यक्ष युवराज खनाल ( सागर ) ,सचिव नेत्र चौलागाई ,सदस्य डिक वहादुर कार्की, भुतुरेखोला व्यवस्थापन सौन्दर्यकरण समितिका अध्यक्ष सन्तोष गौतम ,सचिव सुशिल कार्की लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरु र खोलाका प्रत्यक्ष सरोकार जग्गाधनीहरुको समेत उपस्थिति रहेको थियो ।