दमक,८ असोज । नेपाल तरुण दल दमक ३ ले आज आयोजना गरेको रक्तदानमा २३ पिन्ट रगत संकलन भएको छ । नेपाल तरुण दल दमक ३ का अध्यक्ष मिलन ढकालको अध्यक्षतामा भएको रक्तदानमा तरुण तथा पार्टीका कार्यकर्ता, शुभेच्छुकहरुले रगतदान गरेका थिए । रक्तदान जीवनदान भन्ने सन्देसका साथ रक्तदान कार्यक्रमको आयोजना गरिएको तरुण दलका वडासभापति ढकालले बताएका छन् ।
नेपाली कांग्रेस क्षेत्र न. ५ प्रदेश समितिका सभापति रवि न्यौपानेको प्रमुख आतिथ्यतामा रक्तदान उद्घाटनमा कांग्रेस नगर कार्यवहाक सभापति सागर खनाल, सचिवद्धय दिपेश दाहाल, आरसी अधिकारी , दमक ३ का पार्टी सभापति गोपाल गिरी, प्रदेश १ प्रतिनिधि रुद्र मिश्र,क्षेत्रीय सहसचिब डिल्ली चापागाई,लता चापागाई,चुडेन्द्र खड्का लगायत पार्टी कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । रक्तदान रेडक्रस दमकको रक्तसञ्चार सेवा केन्द्रको प्राविधिक सहयोगमा भएको थियो ।